back
CTIZAN AD

कविता: कवि र कलम

वि.सं.२०७७ कात्तिक १५ शनिवार

810 

shares

कलम र कवि बाँच्यो एकता मा बसेर
मधुर मधुर मीठो जिन्दगानी रचेर
दिनदिन कवि बाँच्ने अङ्ग सारै सुरम्य
कलम र कविता को हेर शक्ति अचम्म ।१।

कवि सँग दिन साट्यो साधना मा डुबायो
हरपल दुनिया को राज जान्यो उठायो
कलम छ कति प्यारो जान्न सक्ने कवि हो
सृजन छ कति प्यारो बाच्न सक्ने कवि हो ।२।

कलम सफल बन्ने सत्य का सिर्जना ले
कवि दिन दिन रम्ने सिर्जना का मुना ले
कवि सँग मन साट्ने मात्र सच्चा मसी हो
कलम र प्रिय पाना भित्र बाँच्ने कवि हो ।३।

जति पनि कर जोड मित्रता हुन्न टाढा
कलम र कवि का ती प्रेम साटिन्छ गाढा
हृदय नजिक राख्ने दिव्य देखिन्छ पाना
सफल गलत जाँच्ने सत्य लेखिन्छ जान ।४।

अलिकति दुनिया का दोष काला समेटी
अलिकति दुनिया का सत्य भाका समेटी
कवि कलम समात्छ पोख्छ सारा बिचार
कलम र कविता को राग मा डुब्छ तार ।५।

छन्द: मालिनी

 

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:५० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...