
बाध्यताले भनेँ आज फेरि नसोध है
भोलिपर्सि सबैमाझ फेरि नसोध है ।
अस्तित्व गुमाएर जिजीविषा बाँचेको
गोधूलीको त्यही साँझ फेरि नसोध है ।
खुम्चिनु नै पर्छ सँधै फूलले गमलामा
चिनेकै छौ यो समाज फेरि नसोध है ।
एकैनास हुन्न हेर सूर्यको गति पनि
खै त तिम्रो शिरको ताज फेरि नसोध है ।
किताबको पन्नाझैँ पढ्दा पनि नखुलेको
‘मधुश्री’को त्यो गोप्य राज फेरि नसोध है ।
वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:४७ मा प्रकाशित






























