back
CTIZAN AD

अमेरिकामा घरबारबिहिन कोषवृद्धि समारोह सम्पन्न, ५ हजार डलर सङ्कलन

वि.सं.२०७७ कात्तिक १६ आइतवार

684 

shares

डिसी । महामारीमा हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल इन्टरनेसनल (एचडिएनपि)द्वारा घरबार बिहिनको लागि आयोजित कोषवृद्धि समारोह कार्यक्रम ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको छ ।

गत अक्टोबर २४ शनिबारका दिन आयोजना गरिएको मेक होमलेस इनडिपेनडेन्ट फन्ड रेजिङ्ग गाला (घरबार बिहिनको लागि स्वतन्त्र कोष वृद्धि बनाऔ ) भन्ने नारा दिइएको उक्त समारोह भव्यताका साथ सफल भएको छ ।

अपेक्षा भन्दा ज्यादै सहभागिता रहेको उक्त गाला(उत्सव) ले टेक्सास वरपर घरबारबिहिनको लागि आर्थिक सहयोग जुटाउन सफल भएको छ । बिशेष गरि नेपाली समुदायको साथै बिदेशी अतिथिहरुको सहभागिताले अझ आयोजक उत्साहित भएका थिए ।

कोरोना भाइरसबाट संक्रमित हुने राज्यमध्ये कै एक राज्य टेक्ससको ड्यालस नजिक अर्भिङ्ग शहर स्थित हिल्टन गार्डेन इन् रडिएफडब्लु साउथमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको नाम नै गाला (मेक होमलेस इनडिपेनडेन्ट फन्ड रेजिङ्ग गाला (घरबार बिहिनको लागि स्वतन्त्र कोषवृद्धि बनाऔ ) रहेको उक्त समारोहमा करिव १३० जनाको उपस्थिति रहेको थियो ।

कूल आम्दानी १५ हजार ९ सय ३ डलर भएको थियो भने खर्च १० हजार ३ सय ८५ डलर भै संस्थाको हातमा कूल ५ हजार ५ सय १८ हात लागेको आयोजकले बताए । एचडीएनपी अन्तरराष्ट्रियको तर्फबाट संस्थापक\ प्रमुख कार्यकारी अधिकारी(सिईओ )देवी डेविड आचार्यले स्वागत गरेका थिए भने उक्त कार्यकमको लागि बिदेशी तथा नेपालीहरुले सौजन्यकर्तालाई बिशेष धन्यवाद दिए ।

सौजन्यकर्ताहरुमा मध्ये प्रोजपेरिटी बैंकका ब्रेट बेल, सुप्रिम ट्याक्स एण्ड फाईनान्सका संचालक कमल शर्मा तथा सरिता शर्मा,न्यायधिश मेगन फाहे तथा न्यायाधिश प्याट्रिका बाकाबेनेट लगायत दर्जनौ रहेका थिए ।

समारोहका प्रमुख अतिथि आर्लिंगटन लाइफ शेल्टरका कार्यकारी निर्देशक जिम रिडर रहेका थिए भने गालाका सभापति ब्रेट बेललाई बनाईएको थियो । समारोहमा रातो गलैचा सहित कार्यक्रमको सुरुवात बेलीनिज नृत्य समूहको प्रस्तुति रहेको थियो ।

कार्यकममा स्वयम् को तस्बिर लिने समेत व्यवस्था गरिएको थियो भने सिखा खत्रीको बिशेष नृत्य प्रस्तुति रहेको थियो । कार्यक्रममा सन् २०१९ र २०२० को लागि कम्मल सङ्कलन गर्ने कार्यक्रममा उल्लेखनीय भूमिका निर्वाह गर्ने तथा युथ वर्ल्डका डार्ला शिर्ले तथा ग्लोरिया माथुरलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा हास्य प्रस्तुति गरिनुको साथै सुश्रिम आचार्यको नृत्य रहेको थियो । प्रमुख अतिथि ब्रेट बेलले केही शब्दहरु राख्नु हुदै कार्यक्रम समापन भएको थियो । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल इन्टरनेसनल(एचडिएनपि) नामक संस्थाले टेक्सास राज्यको ड्यालस वरपर रहेका असहाय ,गरिव तथा घरबार बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना निशुल्क खुवाउने काम गर्छ ।

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदानको आयोजना गर्दछ । संस्थाले समाज सेवाको साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १०:२० मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...