back
CTIZAN AD

‘हाम्रो ठाउँ, आँफै बनाउँ’ अभियानमा नेपाल

वि.सं.२०७३ पुस २४ आइतवार

1.2K 

shares

dinkar-nepal

सामाजिक अभियन्ता तथा लेखक दिनकर नेपाल “हाम्रो ठाउँ, आफै बनाउ” भन्ने अभियानमा लागेका छन् ।

नेपालले सामाजिक संजाल फेसबुकमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीलाई “आफ्नो गाउँ आफै बनाउ” भन्ने अभियान अगाडि बढाउनुपर्ने शन्देस दिएका छन् ।

 “आफ्नो ठाउँ आफै बनाउ” भन्ने सन्देश बोकेर अगाडि बढेका नेपालले आफ्नै जन्मथलो वालिङ नगरपालिकामा त्यस क्षेत्रका अगुवाहरुमार्फत राम्रो सुविधासम्पन्न पुस्तकालय स्थापना गर्नको लागि पहलहरु भै रहेको र जिल्ला बाहिर तथा देश बाहिर रहने बुद्धिजिवी तथा सचेत नागरिकहरुले बारम्बार यो प्रसँग उठाइरहेको बताएका छन् । नेपाल भन्छन् “अहिले विभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा विश्वसनीय काम गर्दै आएका अग्रजहरु, साथीभाईहरु तथा भाईबैनीहरु सबैको यो विषयमा सकारात्मक चासो तथा रुची रहेको देखिएको छ ।” यी सबै सकारत्मक सरोकार र पहलहरुलाई एक ठाउँमा ल्याउँदै अब एउटा सुविधा सम्पन्न “सामुदायिक अध्ययन तथा अनुसन्धान केन्द्र” स्थापना गर्नमा आम सहमति भएको कुरा सबैलाई जानकारी दिन पाउँदा निक्कै खुशी लागेको नेपालले बताएका छन् ।

नेपालले उक्त केन्द्रलाई एउटा अत्याधुनिक सुविधा सम्पन्न समुदायिक पुस्तकालय, नगर सङ्रहालय, प्रदर्शनी केन्द्र तथा अडियो भिजुअल सुविधा सहितको कन्फ्रेन्स हलको सम्मिश्रणका रुपमा अगाडि बढाइने जानकारी दिदैं यसमार्फत देश–विदेशका अनुसन्धाताहरुलाई यो क्षेत्रमा समाज–विज्ञान तथा कृषि सम्बधी अनुसन्धान गर्न सजिलो बनाइने पनि बताएका छन् ।

वि.सं.२०७३ पुस २४ आइतवार १०:४७ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...