back
CTIZAN AD

एभोकाडोको एउटै बोटबाट ५० हजार आम्दानी

वि.सं.२०७३ पुस २४ आइतवार

1.1K 

shares

images

पोखरा । पोखरा उपमहानगरपालिका–१७ विरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष रु ५० हजार आम्दानी गर्नुभएको छ ।

नौ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर दुई सय केजी फल बिक्री गरेको उहाँले बताउनुभयो । “उत्पादन भएको फल बिक्री हुँदैन कि भन्नु पर्दैन, घरबाटै प्रतिकेजी रु दुई सय ५० का दरले बिक्री हुने गरेको छ,” उहाँले भन्नुभयो, “स्वास्थ्य र आम्दानीको हिसाबले राम्रो हुने भएकाले दुई वर्षअघि दुईवटा बिरुवा थपेकी छु ।”

जेठ–असार महिनामा फुल्ने र पुस महिनामा पाक्ने गरेको यो फल टिपेको चार–पाँच दिनपछि मात्र खान उपयुक्त हुने बताउँदै उहाँले नयाँ फल उत्पादनसँगै बिक्री गरेर आम्दानी हुन थालेकामा खुसी व्यक्त गर्नुभयो । एक महिनाको अवधिमा लगभग ७० केजी एभोकाडो बिक्री गरेको बताउने विरौटाका व्यापारी वसन्त भण्डारीका अनुसार एकपटक स्वाद लिएको ग्राहकले पटकपटक खोज्ने गरेका छन् ।

एभोकाडो पोखराको बजारमा रु तीन सय ५० देखि छ सयसम्ममा बिक्री हुने गरेको छ । नेपालमा घिउ फलको उपनामले परिचित एभोकाडोको फल बाहिरबाट बिक्रीका लागि ल्याइए पनि उत्पादनको हिसाबले कास्की जिल्लाका लागि भने नौलो मानिन्छ । आँपजस्तो आकारमा तर गोलो फल्ने प्रोटिनयुक्त एभोकाडोको फल मधुमेह र मुटु रोगका बिरामीलाई समेत उपयोगी हुने भएकाले यसको माग बढ्दै गएको छ ।

संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ । बहुगुणी बहुमूल्य यस फलको विस्तार र व्यावसायिक उत्पादनका लागि सरकारीस्तरबाट समेत चासो दिन थालिएको छ । कृषि अनुसन्धान केन्द्र बागवानीमा परीक्षणका लागि लगाइएका १२ वटा बोटले उत्पादन दिन थालेको बताउँदै बागवानी प्रमुख तीर्थराज पोख्रेलले प्रत्येक वर्ष बागवानीबाट दुई सय बिरुवा वितरण हुँदै आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कास्की जिल्लाका साथै स्याङ्जा, लमजुङ, तनहुँ लगायतका जिल्लामा पनि पछिल्ला वर्षमा एभोकाडोको खेती विस्तार हुँदै गएको छ । पाकेपछि गिलो हुने यो फलको स्वाद भने खल्लोे तर बासनायुक्त हुन्छ । यसको पात र डाँठ भने काउलोसँग मिल्दोजुल्दो हुन्छ । एभोकाडो मध्यअमेरिका र मेक्सिकोमा उत्पत्ति भएको यो उष्ण प्रदेशीय फल हो । प्रशस्त रेशा हुने एभोकाडो फल आँखाको दृष्टि र पाचन प्रणालीका लागि लाभदायी मानिन्छ । क्यान्सर रोगी र गर्भवती महिलाका लागि एवम् मोटोपन घटाउनसमेत यो फल उपयोगी मानिन्छ । रासस

वि.सं.२०७३ पुस २४ आइतवार १०:५३ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

काठमाडौं। सानीमा बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उत्साहजनक...