back

दाइजोको निहुँमा एक महिलाको हत्या

वि.सं.२०७३ पुस २४ आइतवार

810 

shares

२४ पुस, गौर (रौतहट)  । मागेअनुसारको दाइजो नदिएको निहँुमा रौतहटको पिपराभगवानपुर– २ फतुवामा शनिबार एक महिलाको हत्या भएको छ ।

दाइजो नदिएका कारण २२ वर्षीया लालमुनी देवी साहको हत्या भएको माइती पक्षले दाबी गरेको छ । लालमुनीको निधनको खबर सुनेर माइती गाउँ भारतको पूर्वी चम्पारण मोतिहारी जिल्ला जटौलिया गाउँबाट मृतककी आमा, बुबा, दिदी, भाइलगायतका आफन्त आज गौर आइपुगेका छन् । उनीहरुले लालमुनीले आत्महत्या नगरी परिवारले हत्या गरेको आरोप लगाएका छन् ।

मृतकको शव परीक्षणका लागि गौर अस्पतालमा राखिएको र परीक्षण प्रतिवेदन नआएसम्म केही भन्न नमिल्ने प्रहरीले जनाएको छ । घटना शङ्कास्पद भएकाले मृतकको ससुरा राजेन्द्र साह र सासू प्रमिला देवीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ पुस २४ आइतवार १५:१८ मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...