back
CTIZAN AD

दाइजोको निहुँमा एक महिलाको हत्या

वि.सं.२०७३ पुस २४ आइतवार

972 

shares

२४ पुस, गौर (रौतहट)  । मागेअनुसारको दाइजो नदिएको निहँुमा रौतहटको पिपराभगवानपुर– २ फतुवामा शनिबार एक महिलाको हत्या भएको छ ।

दाइजो नदिएका कारण २२ वर्षीया लालमुनी देवी साहको हत्या भएको माइती पक्षले दाबी गरेको छ । लालमुनीको निधनको खबर सुनेर माइती गाउँ भारतको पूर्वी चम्पारण मोतिहारी जिल्ला जटौलिया गाउँबाट मृतककी आमा, बुबा, दिदी, भाइलगायतका आफन्त आज गौर आइपुगेका छन् । उनीहरुले लालमुनीले आत्महत्या नगरी परिवारले हत्या गरेको आरोप लगाएका छन् ।

मृतकको शव परीक्षणका लागि गौर अस्पतालमा राखिएको र परीक्षण प्रतिवेदन नआएसम्म केही भन्न नमिल्ने प्रहरीले जनाएको छ । घटना शङ्कास्पद भएकाले मृतकको ससुरा राजेन्द्र साह र सासू प्रमिला देवीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ पुस २४ आइतवार १५:१८ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...