back
CTIZAN AD

बेलायतले लिभरपूलमा रहेका सबै निवासीको कोरोना परीक्षण गदैँ

वि.सं.२०७७ कात्तिक १९ बुधवार

708 

shares

१९ कात्तिक, लन्डन । बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । यस शहरमा पाँच लाख भन्दा बढी मानिसको बसोबास रहेको छ ।

कोभिड–१९ परीक्षणका लागि सरकारले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गर्नेछ जसले एक घण्टा वा सोभन्दा कम समयमा नतिजा दिनेछ ।

बेलायती स्वास्थ्य सेवा विभागले उन्नत प्रविधिको सहायताले कोरोनाको कुनै लक्षण नदेखिएका व्यक्तिको पनि पहिचान गर्ने जनाएको छ । विभागले सटिक नतिजाबाट मानिसलाई सेल्फ–आइसोलेसनमा बस्न र थप विस्तार हुनबाट रोक्ने विश्वास लिएको छ ।

लिभरपूलमा गरिने यस परीक्षणले बेलायतमा व्यापक परीक्षणका सन्दर्भमा सिकाईका लागि मद्दत गर्नेछ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार नयाँनयाँ प्रविधि प्रयोग गर्न उत्सुक भएको हो ।

बेलायतमा आगामी बिहीबारदेखि दोस्रो चरणको लकडाउन हुँदैछ । बेलायतमै लिभरपूल शहरमा सबैभन्दा बढी दरमा कोरोना संक्रमित देखिएका छन् । यहाँ प्रति एक लाख जनसंख्यामा ४१० जनाभन्दा बढी संक्रमित भेटिएका छन् ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार ०९:३३ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...