back
CTIZAN AD

ह्याण्डबल संघले कोभिड–१९ प्रभावित खेलाडीलाई नगदसहित राहत दिने

वि.सं.२०७७ कात्तिक १९ बुधवार

909 

shares

२० कार्तिक, पोखरा । नेपाल ह्याण्डबल संघले कोभिड–१९ बाट प्रभावित खेलाडीहरुलाई नगदसहित राहत प्रदान गर्ने भएको छ ।

संघले कोभिड–१९ बाट प्रभावित खेलाडीहरुलाई नगदसहित राहत प्रदान गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष तेज गुरुङले ह्याण्डबलका अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा ह्याण्डबल खेल विकासका लागि लामो योगदान दिनेहरुलाई ह्याण्डबल संघले नगद सहितको राहत उपलव्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् । उनले भने–“यो समय निकै कठिन समय हो, धेरै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ह्याण्डबल खेलाडीहरु कोभिडका कारण समस्यामा हुनुहुन्छ त्यसैले हामीले सहयोग गर्ने निर्णय गरेका हौं ।”

संघले ह्याण्डबल संघमा रहेर लामो योगदान पुर्याउने पूर्व अन्तर्राष्ट्रिय खेलाडी धनुषा निवासी पवनलाल कर्ण, सशस्त्र प्रहरीवलमा कार्यरत अन्तर्राष्ट्रिय खेलाडी सन्दिप कार्की, उदयपुर निवासी अन्तर्राष्ट्रिय खेलाडी मात्रिका राई, जुनियर अन्तर्राष्ट्रिय खेलाडी सुर्खेतका भुवन शाही, ह्याण्डबलका पूर्व खेलाडी सिरहाका रञ्जित सिंहलाई नगद सहयोग गर्ने संघका महासचिब सन्देश रेग्मीले बताए ।

संघले पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्णलाई नगद ५० हजार प्रदान गर्ने भएको छ । निजी विद्यालयमा कार्यरत कर्ण कोभिडका कारण जागिर समेत गुमेकोले उनको ह्याण्डबल प्रतीको योगदानको कदर कर्दै ५० हजार सहयोग गर्ने बैठकले निर्णय गरेको अध्यक्ष गुरुङले बताए । त्यसैगरि कोभिड १९ वाट संक्रमित भई निको भएका अन्तर्राष्ट्रिय खेलाडी कार्की, अन्तर्राष्ट्रिय खेलाडी राइ र जुनियर तर्फका अन्तर्राष्ट्रिय खेलाडी शाहीलाई नगद २०–२० हजार तथा सिरहाका पूर्व खेलाडी रञ्जित सिंहलाई नगद १५ हजार सहयोग गर्ने उनले बताए ।

संघले यस अघि ह्याण्डबलका राष्ट्रिय महिला तथा पुरुष खेलाडी र रेफ्रीहरु गरी १ सय ८० जनाको कोभिड–१९ विमा समेत गरिसकेको छ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १७:१४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...