back
CTIZAN AD

बैंकिङ कसुर मुद्दाका फरार पर्साका एक पक्राउ

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

798 

shares

२१ कार्तिक, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंजका सत्य नाराण प्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

रौनियारलाई बैंकिङ कसूर अन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना ठहर गरेकोमा उनी फरार भएका थिए । प्रहरीलाई प्राप्त विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपि बसेको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

साथै सत्य नारायणले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्याएर सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रुपैयाँका चेकहरु काटी बैङ्किङ कसूरजन्य अपराध गरेको अनुसन्धानबाट खुल्न आएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १३:२७ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...