back
CTIZAN AD

नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

717 

shares

२१ कात्तिक, दमौली । तनहुँको व्यास नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको छ । वर्षौँदेखि फोहर फाल्दै आएको व्यास नगरपालिका–३ स्थित भतेरी मादी नदीले कटान गरिदिएपछि नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको हो ।

नगरपालिकालाई फोहरमैला व्यवस्थापनका लागि व्यास नगरपालिका–१ का स्थानीयवासी रामदेव पन्थले पाँच वर्षका लागि निःशुल्क जग्गा सहयोग गरेका छन् । “नकुहिने फोहरलाई यही जग्गामा व्यवस्थापन गर्छौँ, कुहिने फोहरबाट मल बनाउँछौ,” नगरप्रमुख न्यौपानेले भने । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार स्थानीयवासीले २०८२ सालसम्मका लागि फोहर बिसर्जनका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन् । “अब कम्तिमा पनि पाँच वर्षका लागि फोहरमैला बिसर्जनका लागि समस्या हुँदैन,” उनले भने ।

वडा नम्बर ४ र १० को चार वटा सामुदायिक वनमा पनि फोहरमैला केन्द्र निर्माणका लागि प्रकृया अगाडि बढाएको छ । चार वटा सामुदायिक वनले फोहरमैला केन्द्र निर्माणका लागि सहमति जनाएकाले ती ठाउँमा वातावरणीय प्रारम्भिक अध्ययन गर्न लागिएको छ । नगरपालिकामा स्थायी रुपमा ल्याण्डफिल्ड साइड बनाउन माग हुँदै आएपनि उपयुक्त ठाउँ नपाउँदा नगरपालिकाले ल्याण्डफिल्ड साइड निर्माण गर्न सकिरहेको छैन ।

व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा ल्याण्डफिल्ड साइड निर्माणका लागि अध्ययन गरिएपनि स्थानीयवासीको विरोधपछि उक्त कार्य स्थगित भएको थियो । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–२, ३ र ४ बाट कुहिने र नकुहिने फोहर वर्गीकरण गरी सङ्कलन गर्दै आइरहेको छ । रासस

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १३:३३ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...