काठमाडौँ । कोरोना भाइरसको कारण देशभर बन्द भएका थिएटरहरु महाराष्ट्रमा पूनः सञ्चालन हुने भएका छन् । लामो समयपछि खुलेका सिनेमाघरहरुमा सबैभन्दा सफल पुराना हिन्दी चलचित्रहरु देखाइने भएको हो ।
क्रिटिक तरण आदर्शले लेखेको र आदित्य चोपडाको प्रतिष्ठित चलचित्र ‘दिलवाले दुल्हनिया ले जायेगें’ शाहरुख खान र काजोल स्टारर फिल्म नोबेम्बर ६ देखि मराठा चलचित्र मन्दिरमा फेरि देखाइने बलिउडले जनाएको छ ।
काजोल र खानको यो २५ वर्ष पुरानो ब्लकबस्टर चलचित्र हो । उक्त चलचित्र केहिदिन देखि ट्रेण्डिङमा छ । सबैभन्दा लोकप्रिय मानिने यस चलचित्रको अझैपनि उत्तिकै क्रेज रहेको पाइन्छ । यसै चलचित्रबाट त्यो समयमा बलिउडमा काजोल र खानले निकै चर्चा चलेको थियो ।
एक भारतिय मिडियाका अनुसार उक्त चलचित्र अमेरिका, बेलायत, युएई, साउदी अरेबिया, कतार, मौरिसस, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, फिजी, जर्मनी, नर्वे, स्विडेन, स्पेन, स्विजरल्याण्ड, इस्टोनिया र फिनल्याण्डमा जारी हुनेछ ।
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १५:०५ मा प्रकाशित





























