back
CTIZAN AD

कविता: ह्याकुला हृदयको

वि.सं.२०७७ कात्तिक २२ शनिवार

903 

shares

केही बेर सम्म जे सुकै हुँ म
अहिले म भाइरसको एक अंश हुँ
अहिले म कुनै रेष्टुरेन्टमा बसेको छु
टेबुलको वरिपरि
हेर्दैछु मेनु

हिजोसम्म बिस्फोटक पदार्थ परमाणु बम थिएँ
पृथ्वीको केही भाग खाएँ
छिमेकी थिएँ तिम्रो,
सिमानाका केही भाग संक्रमित गरें
केही समयसम्म म रुघाखोकी थिएँ कुनै प्रान्तको
अहिले म भाइरसमा रुपान्तरण भएको छु
खाँदैछु पृथ्वीको अधिकांश फोक्सो
न्युमोनिया भएर पृथ्वी कृत्रिम श्वास लिदैछ,
एक सिलिन्डर अक्सिजन किनेर

म भन्दा कडा महामारी त उहिल्यै पनि थियो
आँखाले यसै पनि नदेखिएको
यो भन्दा गम्भीर महाव्याधि पहिले पनि थियो
संख्यामा गणना मात्र नगरिएको हो
दिमाग खाइरहेथ्यो एक प्रकारको बिषाणुले
मुटुमा नै हानेर
देश खाइरहेथ्यो
मैले भन्दा पहिले
मैले त जम्मा दुई छाक हो खाइरहेको पृथ्वीको

केही अघिसम्म भय भएर खाइरहेथें
अहिले म भाइरस भएर खाइरहेछु
ह्याकुला हृदयको ।
अझ जीब्रो खाने मेरो मन हो पृथ्वीको ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:४२ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...