back
CTIZAN AD

स्याङ्जामै पहिलोपटक फुटसल मैदान सञ्चालनमा

वि.सं.२०७७ कात्तिक २२ शनिवार

720 

shares

२ कात्तिक, वालिङ । स्याङ्जा जिल्लामै पहिलोपटक फुटसल खेलको शुरुआत भएको छ । वालिङ–८ बिपीचोकमा वालिङ स्पोटस् सेन्टरले फुटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलोपटक खेल सञ्चालन गरेको हो ।

सेन्टरले रु एक करोडको लागतमा फुटसल सञ्चालनमा ल्याएको सञ्चालक गणेश सुवेदीले बताए। छ रोपनी क्षेत्रफलमा सेन्टरले पहिलोपटक फुटसल सञ्चालनमा ल्याइएको छ । सञ्चालक सुवेदीले भने, “फुटसल सञ्चालनमा आइसकेपछि ब्याडमिण्टन कोर्ट, स्वीमिङ पुल, सभाहल, रेष्टुरेण्ट, लज सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढेका छौँ ।” दिनभरि कामकाजमा व्यस्त हुने र साँझ बिहानको समयमा शरीर स्वस्थ राख्नका लागि पनि फुटसल उपयोगी रहेको उनको भनाइ छ ।

मोफसलमा फुटसल सञ्चालन गरेर जिल्लामा पहिलोपटक फुटसल खेललाई प्रवेश गराएर खेलकूदको विकास तथा खेलाडीको क्षमता प्रष्फुटन गर्नमा वालिङ स्पोटस् सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य लालबहादुर ज्वारचनको छ ।

फुटसलको आज गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र ज्येष्ठ नागरिक टुकप्रसाद सुवेदीले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।रासस

वि.सं.२०७७ कात्तिक २२ शनिवार १६:२६ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...