back
CTIZAN AD

डेनमार्कबाट बेलायत आवागनमा प्रतिबन्ध

वि.सं.२०७७ कात्तिक २३ आइतवार

774 

shares

२३ कात्तिक, लण्डन । संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उक्त आवागमनमा प्रतिबन्ध लगाइएको हो ।

डेनमार्कको डेनिस मिन्क फार्ममा कोरोना भाइरसको प्रकोप बढ्दै गएका कारणले त्यहाँबाट बेलायतमा हुने गरेको आवागमनमा प्रतिबन्ध लगाइएको अधिकारीहरुले जनाएका छन् । त्यस फार्ममा ठूलो संख्यामा पशु चौपाया पनि रहेको र त्यहाँ कोरोना भााइरसको प्रकोप फैलिएको अनुमान गरिएको थियो । त्यसैले बेलायतले डेनमार्कबाट आउने नागरिकलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाएको बताएको छ ।

पछिल्लो समयमा बेलायतमा पनि ठूलो संख्यामा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । जसका कारणले बेलायतमा पनि ठूलो मात्रामा प्रतिबन्धहरु लगाइएको छ ।शनिबारबाट आगामी १४ दिनसम्मका लागि डेनमार्कबाट आउने नागरिकहरु बेलायत प्रवेश गर्न नपाउने बनाइएको छ । बेलायतको सीमा सुरक्षा बललाई डेनमार्कबाट आउने नागरिकलाई प्रवेश गर्न नदिन आदेश दिएको जनाइएको छ ।

आगामी १४ दिनसम्मका लागि डेनमार्कमा रहेका बेलायती नागरिकलाई पनि प्रतिबन्ध लगाइने बेलायतको अध्यागमनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् । (रासस)

वि.सं.२०७७ कात्तिक २३ आइतवार १६:३२ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...