back
CTIZAN AD

नेपाली राजनीतिमा उदाउँदो सम्भावित नेतृत्व पद्मा अर्याल

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

1.4K 

shares

राष्ट्र वा समाजमा व्यक्तिहरुले क्षमता प्रर्दशन गर्ने विषयगत विधाहरु धेरै हुन्छन् । केहि विधा निर्माण भईसकेका हुन्छन त केहि निर्माण गर्नुपर्ने हुन्छ । हरेक मानिसका लागि दुवै ठाउँमा नेतृत्वदायी क्षमता प्रर्दशन गर्ने अवसर समाजले सबैलाई प्रदान गरिराखेको छ । मानिसहरुका रुचि, विचार र दृष्टिकोण अलग–अलग हुने हुनाले उनीहरुले भने आफु अनुकुलको विषयगत विधा रोज्दछन् । सामान्यतया समाजका सबै मानिसहरु कुनै न कुनै विधामा विभक्त भएका हुन्छन् । तर, नतिजामुखि क्षमता प्रर्दशन गर्ने कार्य भने सीमित व्यक्तिहरुले मात्रै गर्न सक्दछन् । त्यसैले हामीले देखिरहेका छौं, दार्शनिक, वैज्ञानिक र राजनेताहरु एक युगमा केहि मान्छेहरुले मात्रै हुने अवसर प्राप्त गर्दछन् ।

हामीले बुझेकै छौं, अरु धेरै विषयगत विधाहरु भन्दा राजनीति बृहत्तर र समाजको मुल विधा हो । राजनीतिमार्फत राजनेता र मार्गदर्शक बन्नको लागि तत् मानिससँग भिन्न अदभुत क्षमता र संयोग दुवैको आवश्यकता पर्दछ । सामान्यतया युगले नेतृत्वको माग गरिराखेको हुुन्छ र त्यहि सन्दर्भमा उदाउँदो नेतृत्वले जनसमर्थन र छनौटको संयोगको बीचबाट आफँुलाई प्रस्तुत गर्ने कोशिस गर्दछ । नेपाली कम्युनिष्ट आन्दोलनको बीचबाट उदाएकी वर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय कमिटी सदस्य पनि हुनुहुन्छ । अर्याललाई उहाँले प्राप्त गरेको अवसर र यसको उपयोगिताको मुल्यांकन गर्दा आगामी नेपालको सम्भावित नेतृत्वको रुपमा हेर्न थालिएको छ ।

विद्रोही इतिहास

अहिलेको समय नभएर करिब ४ दशक अगाडिको समाज कल्पना गर्दा पनि हामीलाई थाहा हुन्छ, कस्तो थियो समाज ? तत्कालिन निरंकुश सामन्ती पञ्चायती व्यवस्थामा विद्रोहको आवाज उठाउने कुरा । त्यो पनि महिलालाई । पक्कै पनि सहज थिएन । स्याङ्जा जिल्लाको तत्कालिन थुमपोखरा गाविस अहिलेको परिवेशमा पक्कै थिएन् । हाम्रो गाउँ ठाउँ अहिलेपनि पुरुषबादी सत्ताको चेत र संरचनामा उभिएको छ । पञ्चायती व्यवस्थाको परिवेशलाई नियाल्ने हो भने अघोषित रुपमा महिलाहरु दोस्रो दर्जाको नागरिक थिए । महिलाले पढ्ने, जागिर गर्ने, व्यवसायको नेतृत्व गर्ने आदिजस्ता विषय अत्यन्तै न्युन थियो । महिला राजनीतिमा लाग्ने कुरा त एक प्रकारको कठोर विद्रोह नै थियो, अर्थात महिलाले कुनै पनि विषयको नेतृत्व गर्ने कुरालाई ‘पोथी बासेको’ उपमा दिईन्थ्यो । जुन कुरा आज पनि कतिपय समाजमा विद्यमान रहेको छ ।

सतही रुपमा हेर्दापनि हामीले अनुभव गरेको कुरा के हो भने, तत्कालिन माओवादी जनयुद्धले मात्रै महिला, आदीवासी÷जनजाति, दलित, मधेशी, मुस्लिमलगायत समाजमा पछाडि परेका आम मान्छेहरुलाई ह्वात्तै माथि ल्याउने काम गरेको हो । जसरी माओवादी जनयुद्ध पछिको परिवेश सिमान्तकृत समुदायलाई राजनीतिमा होमिन सहज बनेको छ, त्यसरी विगत पक्कै थिएन् । बाबुहरुको आवाज चल्ने त्यो समाजमा परिवारबाट माथि विद्यार्थी अवस्थादेखि नै भूमिगत राजनीतिमा लागेकी एउटा विद्रोही महिला हुनुहुन्छ । भविष्यको विषयलाई एकछिन एकातिर राख्दा आजको दिनमा पनि सम्भावित नयाँ विद्रोहको रेखा कोर्नेहरुको लागि सायद उहाँको विगत आदर्श बन्न सक्छ ।

सिर्जनशील राजनैतिक शैली

राज्यसत्तामा विद्रोह गर्ने कुरा, समाजमा विद्रोह गर्ने कुरा, आफैंमा नयाँ विषय हो । जसको लागि उक्त मानिसमा नयाँ विचार र योजना हुनु जरुरी हुन्छ । पुरानो सत्ता वा समाजसँग विद्रोह गर्नेहरु ति शक्तिसँग क्यानफ्लाईज भएर काम गर्न जानेनन भने प्रवेशको चरणबाटै नकआउट हुन्छन् । नेतृ अर्यालसँग त्यस्ता केहि भिन्न व्यवहार र शैली छन् जसको माध्यमबाट उहाँले हरेक परिवेशमा आफँुलाई नेतृत्वमा सावित गर्ने हैसियत राख्नुभएको छ । जसले गर्दा नै उहाँले आफुलाई पञ्चायतदेखि ०४७ से प्रजातन्त्र हुँदै अहिलेको अवस्थामा पनि नेतृत्व सावित गर्न सफल हुनुभएको छ ।

मेरो अनुभवमा पार्टीको संगठन निर्माण गर्ने र त्यसको निरन्तर नेतृत्व गर्ने कामको तुलनामा जनवर्गीय संगठन र मोर्चाहरुमा जिम्मेवारी लिएर काम गर्ने कुरा धेरै सजिलो विषय हो । संरक्षित वा आरक्षित कोटाबाट नेतृत्वमा छनौट हुने विषयमा त कुनै जोखिम नै हुने कुरा भएन् । कमरेड अर्यालले पितृसतात्मक परिवेशको पार्टीमा देशकै पहिलो निर्वाचित अध्यक्ष बन्ने ईतिहास रच्न सफल हुनुभयो । सफलताको पछाडिको सिर्जनशिल व्यवहार नै मुख्य कुरा हो भन्ने कुरालाई नकार्न सकिँदैन ।

ति मानिसहरुले मात्रै सफलता प्राप्त गर्दछन् जसले समय र परिवेशलाई सहि ढंगले सदुपयोग गर्न जान्दछन् । हामी सबैले देख्यौं, पहिलो संविधानसभामा सिमान्तकृत समुदाय वा वर्गको तर्फबाट धेरैले सहभागिता हुने अवसर प्राप्त गरे । तर धेरैले त्यस आफ्नो राजनीतिक भविष्यको लागि एउटा महत्वपुर्ण अवसरको रुपमा प्रयोग गर्न सकेनन्, त्यसको बिघटनसँगै हराए । प्रत्यक्ष निर्वाचित होस् वा समानुपातिक प्रणालीमार्फत गएको होस् जसले आफँुलाई त्यहि प्लेटफर्मबाट आफुँलाई दह्रोसँग उभ्याए । आज उनीहरु देशको बागडोर चलाउने ठाउँमा कायमै छन् । यसको पनि एउटा उदाहरण हुन पुग्नुभएको छ, हाम्री स्याङ्जाली नेतृ अर्याल ।

जोसुकैले पनि आफ्नो जिल्लामा दरिलो जनाधार निर्माण गर्ने र निर्वाचित हुने कुरा सामान्य विषय हुँदै होइन । आफ्नो पार्टीलाई एकढिक्का बनाएर होम्ने र प्रतिपक्षलाई कमजोर नबनाइकन कहिल्यै पनि निर्वाचनमा विजय हाँसिल गर्न सकिँदैन । सँगै बहुजन समुदायले अभिभावकको रुपमा पनि स्वीकार योग्य बन्न सक्नुपर्दछ । स्याङजामा लामो समयदेखिको प्रतिपक्षको अखडालाई तोड्ने कुराको श्रेय पनि उहाँलाई नै गएको छ ।

सामान्यतया युगले नेतृत्वको माग गरिराखेको हुुन्छ र त्यहि सन्दर्भमा उदाउँदो नेतृत्वले जनसमर्थन र छनौटको संयोगको बीचबाट आफुँलाई प्रस्तुत गर्ने कोशिस गर्दछ । नेपाली कम्युनिष्ट आन्दोलनको बीचबाट उदाएकी वर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्राप्त गरेको अवसर र त्यसको उपयोगिताको मुल्यांकन गर्दा उनलाई आगामी नेपालको सम्भावित नेतृत्वको रुपमा हेर्न सकिन्छ ।

जनपक्षीय, आवश्यक र सफलतामुखी योजनाकार

सरकारमा रहेर सफलतापुर्वक काम गर्ने कुरा आफैंमा चुनौतिपुर्ण कार्य हो । त्यसमा पनि तालमेलको स्वरुपमा रहेको पार्टीको अवस्थामा । जसले जनता र राष्ट्रले स्विकार गर्ने, आवश्यक र कार्यान्वयन गर्न सक्ने योजना निर्माण गर्न सक्छ, उ नै सफल हुन सक्छ । सर्वपक्षीइ स्विकार भएको विषय पनि यो हो कि, हाम्रो मुलुकको सत्ता सामरिक खिचातानीको बीचबाट गुज्रदै आएको छ । यस्तो परिवेशमा राष्ट्र र जनताको हितमा कार्यान्यन योग्य योजना बनाउन सक्नु र कार्यान्वयन गर्न विशेष दक्षता र कहिलेकाहीँ साहसको पनि आवश्यकता पर्दछ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्ने काम : हाम्रो राष्ट्रको गौरव र पहिचानको रुपमा रहेको विश्वको शिखर सगरमाथाको उचाई मापन गर्ने कार्य ब्रिटिस, भारत, नर्वे, अमेरिका र चिनियाँ संस्थाहरुले गर्दै आएका थिए । नेपाल सरकारले आफ्नै पहलमा नाप्ने प्रयास गरेको थिएन । माननीय पद्मा अर्यालको पहलमा पहिलोपटक सगरमाथा नाप्ने काम सम्पन्न भएको छ । जुन काममा स्वंय माननीय अर्याल आँफै सगरमाथा आधार शिविरसम्म पुग्नुभएको थियो । सो कामलाई सम्पुर्ण राज्यले नै एउटा महत्वपुर्ण र गौरवको कार्यको रुपमा लिएको छ ।

राष्ट्रको नयाँ नक्सा जारि गर्ने गौरवपुर्ण एवं ऐतिहासिक कार्य : एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकले विभिन्न कारणले आफ्नो भुगोलको सहि नक्सा नबनाउनु र आफ्नै भुगोललाई शासनबाट अलग राख्नु शोभनिय एवं स्वाभिमानको विषय थिएन् । तत्कालिन प्रधानमन्त्री विपी कोइराला, राजा महेन्द्र, राजा विरेन्द्र, बहुदलीय व्यवस्था र जनयुद्ध/जनआन्दोलन पछिका कुनै पनि सरकार र मन्त्रीहरुले गर्न नचाहेको वा गर्न नसकेको आफ्नो मुलुकको यथार्थ नक्सा बनाउने र सार्वजनिक गर्ने कार्य माननीय अर्यालको नेतृत्वमा भएको छ । जुन विषयलाई आम नेपाली जनताले ऐतिहासिक र साहसिक कामको रुपमा मुल्यांकन गरेका छन् ।

सार्वजनिक जग्गाको संरक्षण एवं संवद्र्धन गर्ने कार्य : सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्नु सरकारको दायित्व हो । राज्यले आफ्नो सम्पुर्ण भुगोलको स्वामित्वका आधारमा नक्सांकन गरेतापनि सार्वजनिक स्वामित्वमा रहने भूमिको वेवास्ता गर्दै आएको थियो । जसमा शक्तिको दुरुपयोग गर्ने मनसाय बोकेका व्यक्तिहरुले नियन्त्रण जमाउने वा कानुनको छिद्रतावाट प्रवेश गरि निजी स्वामित्वमा रुपान्तरण गर्ने कार्य गर्दै आएका थिए । माननीय अर्यालले सरकारमा रहनेहरुले विगतदेखि अंगिकार गर्दै आएको प्रवृत्तिको अन्त्य गरि सार्वजनिक सम्पत्तिको रक्षा र सदुपयोगको सवालमा संयन्त्र नै निर्माण गरेर लाग्नुभएको छ ।

सुकुम्वासी तथा अव्यवस्थित जनताको लागि आवास : कम्युनिष्ट पार्टीको पहिलो जिम्मेवारी भनेको सर्वहारा वा दुःखी गरिब जनताको पक्षमा काम गर्नु हो, अर्थात् उनीहरुको अधिकार स्थापित गर्नु हो । लामो समयदेखि भूमीहिन हुँदै आएका नेपालीहरुलाई भूमी उपलब्ध गराउने र जोखिमयुक्त वा अव्यवस्थित ठाउँमा बस्दै आएका नेपालीहरुलाई सुरक्षित आवासको निमिक्त भूमी उपलब्ध गराउनको लागि माननीय मन्त्री अर्यालले आयोगकै गठन गरेर कामलाई तिव्रता दिनुभएको छ । छिट्टै नै सम्बन्धित नेपालीहरुले स्वयं आफ्नो स्वामित्वमा जमिन प्राप्त गर्नेछन् । माननीय अर्यालको नेतृत्वमा हुन लागेको यो महत्वपुर्ण कार्य जनताको अति आवश्यकता र राज्यको अनिवार्य दायित्वसँग जोडिएको छ ।

आधुनिक मालपोत तथा नापी कार्यालयको शुरुवात : आज २१ औं शताब्दीमा विश्व विज्ञान तथा प्रविधियुक्त भएर विश्वको मानव समुदायले अति सरल जीवन बिताइरहँदा हामी नेपाली भने पछौटे शैलीमा बाँच्न विवश हुनुपरेको छ । कतिपय क्षेत्रमा सरकारको तर्फबाट गरिने सामन्य नीतिगत र व्यवहारिक पहलको कारण उच्च प्रविधिको प्रयोग गर्न सकिने र सरकारी कामकाज अति सरल हुने स्थीति हामी सबैले देखिरहेका छौं । माननीय अर्यालले मन्त्रीको पदभार ग्रहण गर्नासाथ मालपोत र नापी कार्यालयहरुमा कार्यसम्पादनको झन्झटिलो कागजात र प्रक्रियालाई बिस्थापित गरि प्रबिधिमैत्री बनाउने कार्यको शुरुवात गर्नुभएको छ । जसले गर्दा सम्बन्धित कार्यालयबाट अब आम जनताले विगतको तुलनामा छिटो छरितो ढंगले आफ्नो काम गर्न पाउने भएका छन् ।

अनुभव र क्षमतासहितको नेतृत्व राज्यमा विकास भएको छ भने त्यसमा समाजको अतुलनीय लगानी भैसकेको हुन्छ । कामरेड अर्याललाई ईतिहासमा अझै महत्वपुर्ण जिम्मेवारी दिने इच्छा वर्तमानले देखाएको महशुस हुन आएको छ । त्यसैले हामी सबै स्याङ्जालीले उहाँका कमीकमजोरीलाई सुझाबको रुपमा राख्दै थप विकासको निमित्त सहयोग गरौं ।

सपना देख्न सक्ने मानिसले मात्रै अरुलाई पनि नयाँ सपना देखाउन सक्दछ । जोखिमहरुको बीचमा तालमेललाई ख्याल गर्दै अगाडि बढ्न सक्ने राजनीतिकर्मी मात्रै सत्तामा पुग्न सक्दछ । हामी सबैलाई थाहा छ, सत्ता मात्रै त्यो हतियार हो जहाँ राष्ट्र र जनतालाई केन्द्रमा राखेर देखिएका सपनाहरुको कार्यान्वयन गर्न सकिन्छ । त्यसैले अवसरलाई अवसरको रुपमा लिनेहरु, प्राप्ति भएको अवसरमा आफ्नो सपना कार्यान्वयन गर्न साहस गर्नेहरु समाजमा अमुल्य निधी बन्न सक्दछन् ।

परिवेशले धेरै कोल्टो फेरेको छ । समाजको चेतनाले धेरै फड्को मारेको छ । व्यवस्थामा परिवर्तन भएको छ तर, धेरै कामहरुको चाङ लागेका छन् । जसलाई फत्ते गर्ने जिम्मेवारी ईतिहासले नेतृत्वलाई सुम्पेको छ । भनिन्छ, हाम्रो समाजमा अगाडि बढ्दै गरेकोलाई खुट्टा तान्ने प्रवृत्ति छ । अब हामीले यसलाई तोड्नुपर्छ । अनुभव र क्षमतासहितको नेतृत्व राज्यमा विकास भएको छ भने त्यसमा समाजको अतुलनीय लगानी भैसकेको हुन्छ । कामरेड अर्याललाई ईतिहासमा अझै महत्वपुर्ण जिम्मेवारी दिने इच्छा वर्तमानले देखाएको महशुस हुन आएको छ । त्यसैले हामी सबै स्याङ्जालीले उहाँका कमीकमजोरीलाई सुझाबको रुपमा राख्दै थप विकासको निमित्त सहयोग गरौं ।

(लेखक गैह्रे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्याङ्जा जिल्ला अध्यक्ष हुन्)

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १०:२३ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...