back
CTIZAN AD

कविताः नदेख बेलायतको सपना

वि.सं.२०७७ कात्तिक २९ शनिवार

687 

shares

मैले जस्तै तिम्रो ! हुँदा उमेर
गर्दै रनिङ,सेट-अप, ह्यविङ र पूसअप
काठको बीम तेस्र्याएर
दुई हातले झुण्डिदै
नदेख बेलायतको सपना
भुल्याउँछ सपनाले
बौलाउने बनाउँछ कल्पनाले
फरक हुन्छ यथार्थ
यथार्थमा हुन्छ दर्द
टाढा हुँदोरहेछ वास्तविकता
त्यसैले साथी
भुल्नुपर्छ तिमीले ईतिहास
भिक्टोरिया क्रस पाएका
७ गोर्खा राइफल्स् गन्जु लामाको
८ गोर्खा राइफल्स् लक्ष्मण गुरुङको
दोस्रो बिश्व युद्ध भानुभक्त गुरुङको
ईन्डोनेशिया मलेसिया कन्फ्रन्टेटिकका
राम बहादुर लिम्वुको
तुल बहादुर पुन
टाईगर हिलका साहसी
हवल्दार ज्ञान बहादुर तामाङको
बनाऊ तिम्रा सन्तानलाई
ईमान्दार उच्च, राष्ट्रसेवक र राजनेता
देश र जनताको बुझ्ने मर्म
रहित भ्रष्टाचार
कालापानी लिपूलेकमा
सबै मिलेर बनाउँ पर्खाल
पानीको छाल जस्तै
बनाउँ एउटै जातको छाल
छ सिमाना निशानी
आफ्नै देशमा बगाउनुपर्छ
पसिनाको धारा
अनि बुझ्नुपर्छ तिमीले
कानुनको धारा र उपधारा
उच्च ठाडो शिर बनाएर
जान्नु पर्छ जिउन
खुशी हुनेछन् सबै
तिम्रो पौरख देखेर
-मिहेनत देखेर
-माटो प्रतिको मायाले
वीर गोर्खालीका सन्तानहरु
पक्कै एक दिन !

वि.सं.२०७७ कात्तिक २९ शनिवार ०८:१८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...