back
CTIZAN AD

एक वर्षभित्र तनहुँलाई अन्धकारमुक्त बनाइँदै

वि.सं.२०७७ मंसिर २ मंगलवार

678 

shares

२ मङ्सिर, तनहुँ । एक वर्षभित्र तनहुँ जिल्लालाई अन्धकारमुक्त बनाउने लक्ष्यका साथ विद्युतीकरणको कामलाई तीव्ररूपमा अघि बढाइएको छ । एक सय ४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार गर्ने कार्य थालिएको हो ।

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित उक्त आयोजनाबाट जिल्लाको साविक १७ वटा गाउँ विकास समिति प्रभावित भएका छन् । प्रभावित भएका क्षेत्रमा बिजुली विस्तारका कार्य भइरहेको आयोजना व्यवस्था निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना (तनहुँ विद्युतीकरण आयोजना)का साइट इन्चार्ज लक्ष्मण रेग्मीले बताए ।

उक्त आयोजनाबाट प्रभावित झण्डै सात हजार घरधुरीका बासिन्दा अन्धकारमा जीवन बिताउन बाध्य छन् । उनले भने, “विद्युत् विस्तारकार्यका लागि डेढ वर्षे आयोजना शुरु भए पनि बाढीपहिरो र कोरोनाका कारण सोचेअनुरुप प्रगति गर्न नसकिएको हो ।” पुनः छ महिना म्याद थप गरी आयोजनाको कार्य शुरु गरिएको छ । उनले भने, “सेती नदीको दक्षिण र काली नदीको उत्तर क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ ।”

जिल्लाको घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिकाको पूरै, शुक्लागण्डकी, व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनीका बाँकी रहेका क्षेत्रमा विद्युत् विस्तार गर्ने काम भइरहेको उनले जानकारी दिए । बन्दीपुर गाउँपालिका–६ स्थित सराङघाट र घिरिङ गाउँपालिका–४ को सामुङमा गरी कूल रु तीन करोडको लागतमा सबस्टेशन निर्माण भइरहेको छ ।

घिरिङ गाउँपालिकाको अन्य क्षेत्रमा बिजुली पुगे पनि गड्यौलीटारमा भने अझै पुर्याउन बाँकी छ । उनले भने, “त्यस क्षेत्रमा तत्काल विद्युत् सञ्चालन गर्ने गरी काम भइरहेको छ ।” सबस्टेशन जडानका लागि आवश्यक पर्ने उपकरण करिब ८० प्रतिशत आइसकेको र तारहरू आउन बाँकी रहेको बताइएको छ । विद्युत् प्राधिकरण तनहुँको कार्यक्षेत्रभित्र रहेका करिब ९५ प्रतिशत क्षेत्रमा विद्युत् पहुँच पुगिसकेको प्राधिकरणका सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले जानकारी दिए ।

तनहुँका सबै पालिकामा विद्युत् पुगेको भए पनि भित्री क्षेत्रमा छरिएर रहेको बस्तीमा विद्युत् पुर्याउन नसकिएको हो । उनले भने, “त्यस्ता क्षेत्रमा विद्युत् विस्तार गरी अन्धकारमुक्त बनाउनका लागि प्राथमिकतामा राखेर काम थालिएको छ ।” विद्युत् प्राधिकरण तनहुँबाट मात्रै करिब ३६ हजार घरधुरीमा विद्युत् लाइन विस्तारकार्य भइसकेको प्राधिकरणले जनाएको छ ।

जिल्लाको म्याग्दे गाउँपालिकास्थित थर्पु बजारदेखि स्याङ्जा र कास्कीसँग जोडिएको पालिकामा कास्की लेखनाथ विद्युत् प्राधिकरण केन्द्रको कार्यक्षेत्र रहेकाले त्यस क्षेत्रको तथ्याङ्कका बारेमा भने आफूलाई जानकारी नभएको उनले बताए । सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित भएका घरपरिवारलाई पहिलो स्थानमा राखेर विकास निर्माणकार्य भइरहेको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।

ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली विस्तारका लागि विद्युत्पोल गाड्ने, लाइन विस्तार र सबस्टेशन निर्माणलगायतका काम दु्रतगतिमा अघि बढाइएको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए । विसं २०६८ को जनगणनाअनुसार तनहुँको जनसङ्ख्या तीन लाख २३ हजार २८८ रहेको छ । तनहुँमा ७८ हजार ३०९ घरधुरी रहेका छन् भने दुई हजार ३६२ बस्तीमा छरिएर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । (रासस)

वि.सं.२०७७ मंसिर २ मंगलवार ११:१० मा प्रकाशित

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...