back
CTIZAN AD

मेरा पाँच मुक्तकहरु

वि.सं.२०७७ मंसिर ६ शनिवार

1.2K 

shares

(१)
पहिले पहिले घर छेवैमा, आएर जब काग कराउँथ्यो
के खबर ल्यायो भनि, यो मन साह्रै डराउँथ्यो
आफन्त सबै टाढा थिए, थिएन कुनै संचार माध्यम
आफन्तको पीरले मेरो, भोक प्यास सबै हराउँथ्यो …

(२)
मान्छेले मान्छेलाई घात गर्ला, तर कुकुरले घात गर्दैन
आफ्नो कर्तब्य पूरा गर्न, ऊ कहिल्यै पछि सर्दैन
देख्छु यहाँ कुकुर यति, बफादार बनेका छन् तर
मान्छे बरु कहिल्यै त्यति, बफादार बर्ग मा पर्दैन …

(३)
लक्ष्मीको तस्बिर पुजेर मात्र, धनको लाभ हुने ठान्दिनँ
कर्म नगरी पुकार गर्दैमा , धन कमाइन्छ भन्ने मान्दिनँ
कर्म गरी सम्पती कमाई, सुखी जीबन जिउनुछ भने
मेहनत गरौं परिश्रम गरौं, म त अरु कुरा जान्दिन …
(४)
अमृत सरि दूध दिने, तिमी प्राण दाता
आमा जस्तै गहिरो लाग्छ, तिम्रो मेरो नाता
तिहार आयो आज तिम्रो, पूजा गर्ने दिनमा
खुशि हुँदै पूजा गर्छु, जय पुज्य गाई माता …

(५)

दाजुभाई दीदि बहिनी, आत्मिय भई बाँचिरहुन
एक अर्काको आँखा, भित्र सँधैभरि नाँचिरहुन
अर्थपूर्ण बनोस् माया, भाईटीकाको अर्थ जस्तै
मन भित्र एक अर्काले, आत्मियता साँचिरहुन ….

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:५० मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...