back
CTIZAN AD

हास्य व्यंग्य लघुकथा: हड्ताल

वि.सं.२०७७ मंसिर ६ शनिवार

1.4K 

shares

यमपुरी, नर्कलोकका नेपाल सेक्टरबासिले सेवा र सुबिधा बृद्धिको माँग राखेर हडताल गरेछन् । यो कुरो यमराज कहाँ पुगेछ । ‘मुख्ये मुख्ये नाईकेलाई पाता कसेर तुरुन्त हाजिर गर्नु !’-आदेश भएछ । आदेश मुताबिक पाँचजनालाई पाता कसेर कोरा हान्दै यमराज सामु उपस्थित गराईन्छ । सिहाशनमा बसेको यमराज जुङ्गा मुसार्दै गर्जिदै सोध्छ -‘ए ! बज्याहरु भन्ता । किन हडताल गरेको ? जस्लाई जे मन लागो मनपरी गर्ने यो तेरो देश हैन । यमपुरी हो बुझिस् । ’ तिघ्रामा भित्ता थर्किने गरि हात बजार्दै भन्छ- ‘यमपुरिको आफ्नै कानुन छ । यस्को सबैले पालना गर्नुपर्छ । कानुन उलंघन गरेर किन हडताल गरेको भन्ता ।’

यमराजको कुरा सुनेर मुख्ये नाईके हात जोडेर भन्छ -हामीलाई नर्कलोकमा कम सुबिधा छ । खाना त मुख छिराउनै नहुने डुँगडुँग्ती गनाउने खराब छ । बस्ने कोठा फोहर छ । लामखुट्टेले रातभरि सुत्नै दिन्न । शौचालय छ्दैंछैन । खाजा त झन मुखमा हाल्नै नहुने, बान्तै आउला जस्तै हुने बासी चाम्रो रोटि र कुहिया किरा परेको आलु काउलिको तर्कारी दिईन्छ । यस्को हजुर समक्ष गुनासोको अर्जि गर्यौ । सुनुवाही होस् भनेर १५ दिने अल्टिमेटम दियौं । समयमा सुनुवाही नभे’ सी बाध्य भेर हडताल गरेका हौं । हाम्लाई नि स्वर्गलोक सेक्टरको जस्तै सुबिधा दिनुपरो प्रभु ।’

नाईकेको कुरा सुनेर जुङ्गा मुसार्दै गर्जिदै यमराजले भन्छ- ए ! बज्जा, के रे ? राम्रो भेन । सुबिधा बढाउनु परो । काम नराम्रो गर्ने अनि सुबिधा राम्रो खोज्ने ? ए भाते ! यसो भन्न लाज लाग्दैन । नर्कलोकमा यो भन्दा राम्रो सुविधा हुन सक्दैन ।’ गदा उचालेर भन्छ- ‘तिमेरुले नेपालमा के गर्यौ ? ढुङ्गामुडा, चक्काजाम, बन्द-हडताल र सडकमा टायर बाल्यौं । देशको सम्पति स्वाहा पार्यौ । आ-आफ्नो कर्मको प्रायश्चित सबैले भोग्नुपर्छ । असल कर्म गर्या भे तिमेरुको स्वर्गमा बास हुन्थ्यो ? निच कर्म गर्यौ अनि नर्कको बास भो ।’

यमराजले द्वारपाललाई अह्राउँछ-‘यि पाँचै जनालाई उल्टो झुण्ड्याएर तातो तेलमा चोप्नु ।’ ‘हस प्रभु ।’–भन्दै द्वारपालहरुले पाँच जनाको कठालो समातेर घिसार्दै लान्छ ।

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:४७ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...