back
CTIZAN AD

गीत

वि.सं.२०७७ मंसिर ६ शनिवार

837 

shares

जरुवाले पानी जस्तै, बगाउनु मायाँ !
छायाँ बनी सँधै भरी,बस्नु दायाँबायाँ !!

चाहिदैन हिरामोती, चाहिदैन सुन !
सँधै सँधै तिमी सँगै,पाउँ साथ हुन !!
तिमी नै हौ तारा मेरो, तिमी नै हौ जुन !
धेरै केही माग्दिन म, यति लाऊ गुन !!

पाई राखुँ शिर माथि,त्यो सितलु छायाँ !
छायाँ बनी सँधै भरी, बस्नु दायाँबायाँ !!

सुनौलो बनाउँ प्यारा,यो जोडीको कथा !
हाम्रो दैलो नटेकुन् है, कुनै पीर व्यथा !!
पछि पार्दै लैला मज्नु, मुना र मदन !
जीत्नु पर्छ त्यो कथाले, दुनियाँको मन !!

नपरोस भूत प्रेत, पिचासको शाया !
छायाँ बनी सँधै भरी, बस्नु दायाँबायाँ !!

जरुवाले पानी जस्तै ,बगाउनु मायाँ,
छाया बनी सँधै भरी, बस्नु दायाँबायाँ !!

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:४२ मा प्रकाशित

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ नयनका छटाले हदै गर्न थाले...