back
CTIZAN AD

कविता: तिमी कस्तो मान्छे ?

वि.सं.२०७७ मंसिर ६ शनिवार

918 

shares

लायो खायो रहर रमिता स्वार्थ रोज्दै छ मान्छे
लोभी भाँडो किन यति छिटो भर्न खोज्दै छ मान्छे ।
नाङ्गो आयो अब पनि पुनः नाङ्गिने नै छ मान्छे
जल्दाजल्दै परिदहनमा बाङ्गिने नै छ मान्छे ।।

लड्दै भिड्दै किन समरमा हामफाल्दै छ मान्छे
खानाबाटै कहर अमिलो रोग पाल्दै छ मान्छे ।
भोकै नाङ्गै भिख डगरमा माग्न ठोकिन्छ मान्छे
पुस्तालाई बचत धनको गर्न झोकिन्छ मान्छे ।।

रक्सी भट्टी दिनहुुँ झगडा छोड्न मान्दैन मान्छे
मैले गल्ती अलिकति गरेँ मूर्ख ठान्दैन मान्छे ।
बाआमाका रगत पसिना मान गर्दैन मान्छे
आफू फ्याट्टै यस भुवनमा फ्यात्त झर्दैन मान्छे ।।

मोटोघाटो उधुम बलियो मै हुँ भन्दिन्छ मान्छे
दम्भी स्वाँठे अधम मतिको विज्ञ बन्दिन्छ मान्छे ।
ठूलोसानो दलित निमुखा जातको भेद मान्छे
प्रेतात्माझैँ अति अगतिलो रातको छेद मान्छे ।।

बाँड्ने दाता नरम मनको धर्म सोच्ने छ मान्छे
कैले मर्ला अनि बगरमा बाँस घोच्ने छ मान्छे ।
ज्ञानी ध्यानी गुरु भनिदिए मख्ख पर्ने छ मान्छे
यस्तै विद्वान् यदि अब बढे फुत्त झर्ने छ मान्छे ।।
छन्द ः मन्दाक्रान्ता ।

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:५५ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...