
दिउँसो राम्रै कुराकानी भएको थियो । साँझ एकाएक अस्वस्थ भएको उल्लेख गर्दै स्टाटस राख्यो । के भन्नू र कसो गर्नुको अलमल भैरहेको थियो । पापी मन न हो बिचरालाई चलिरहेको महामारीले दुःख दिने भयो कि क्या हो भनेर चिन्ता पनि लागिरहेको थियो । के भनुँ र कसो गरुँको टुंगोमा पुग्न र ऊसँग कुरा गर्ने साहस बटुल्न सकिरहेको थिईनँ ।
यता म अलमलमै थिएँ, उता सामाजिक सञ्जालमा भने हेर्दाहेर्दै ऊप्रति स्नेह र सद्भाव दर्शाउनेहरुको सङ्ख्या निकै ठूलो भैसकेको थियो ।
’अब पनि नआँटे पछि परिन्छ, सहयोग चाहिने नै यस्तो बेलामा त हो,फोन गरेरै कुरा गर्छु’ –म उसलाई फोन गर्ने निर्णयमा पुगें ।
डायल मात्रै के गरेको थिएँ, फोन उठिहाल्यो ।
हाँस्दै भन्यो ‘आत्तियौ कि क्या हो ?’ केही भएको छैन, म ठीक छु ! परीक्षा मात्रै लिएको, मेरा पनि थुप्रै शुभेच्छुक रहेछन् यार, बल्ल थाहा भयो ।’
वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:५७ मा प्रकाशित






























