back
CTIZAN AD

कविता: छोरी

वि.सं.२०७७ मंसिर ६ शनिवार

1.4K 

shares

छोरा पाए तरण कुलको किन्तु छोरी नजाती
यौटै रातो रगत बिचमा भेद गर्छन् म माथि ।
यस्तो आस्था अबत नरहोस् पोल्छ छाती जलेर
बाँच्छिन् छोरी उदरतलमा भ्रुण हत्या छलेर ।।१।।

आमा उस्तै कहर सहने कष्ट पीडा भुलेर
भन्नै गाह्रो सकस मनको मान्दछिन् भो खुलेर ।
बाबा बस्छन् पल पल जपी नित्य छोरा भनेर
बाँच्छिन् आमा कल सरह भै कारखाना बनेर ।।२।।

छोरो मोरो पुलकित बनी हिँड्छ तानेर गाँजा
मर्ला ठान्थ्यौँ दिनदिन बढ्यो लाग्छ मार्ला कि आज ।
यस्तो पीडा सकल मनमा वाध्य छन् राख्न हेर
बाबाआमा धुरुधुरु रुने बन्छ छोरो अटेर ।।३।।

छोरी पुग्छिन् पर घर उता को छ टार्ने विवाह
छोडी आफ्ना तनमन यतै राख्छ कस्ले निगाह ।
छोरी छोरा सरह जगमा बढ्न सक्छे बुझेर
हालौँ पानी मलजल गरौँ लाग्छ दाना भनेर ।।४।।

कुर्ने बेला अबत सकियो हुन्न छोरा भनेर
बाबाआमा विचलित नहुन् रूढिवादी बनेर ।
छोरी आभा झलमल दियो ज्योति छर्ने मुहान
छोरी हाम्री सकल जननी दिव्यलक्ष्मी समान ।।५।।

छन्द: मन्दाक्रान्ता ।

वि.सं.२०७७ मंसिर ६ शनिवार १०:०० मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...