back
CTIZAN AD

धान उत्पादन बढेपछि किसान उत्साहित

वि.सं.२०७७ मंसिर १० बुधवार

672 

shares

१० मंसिर, पाल्पा । पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष ४० हजार ८९६ मेट्रिकटन धानको उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पाल्पाका सूचना अधिकारी मुकेश रामजालीले जानकारी दिए ।

जिल्लाको दोस्रोबालीका रुपमा रहेको धान यो वर्ष नौ हजार २२३ हेक्टर क्षेत्रफलमा लगाइएको छ । गत वर्ष कूल जग्गाको ८८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपिएको थियो भने यो वर्ष ९६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष यहाँ ३३ हजार ८९६ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

धान उत्पादन बढेपछि पाल्पाका किसान उत्साहित भएका छन् । समयमा नै पानी परेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढेको किसान भगवती पाण्डेय बताउछन् । “धान रोपेपछि हरियो हुन नपाउँदै खेत धाँजा फाटेर हैरान हुन्थ्यो, यस पटक रोप्न पनि सजिलो भयो र सिँचाइका लागि पानी प्रशस्त पुग्यो”, उनले भने । अघिल्ला वर्षमा धान रोपेर सिँचाइ गर्न नपाउँदा निकै समस्या भोगेका किसानलाई यो वर्ष उत्पादन बढेपछि खुशी भएका छन् । खेतमा सिँचाइ गर्ने समयमा पानी परेपछि सजिलोसँग धान स्याहार्न पाएको किसान सीता भुसालले बताए ।

हाइब्रिड, उन्नत् जातको धान, समयमा नै वर्षा पर्नु, आधुनिक प्रविधिको प्रयोग र यसवर्ष कोभिड–१९ कारण युवा जनशक्ति गाउँमै रहेकाले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन् । जिल्लाको रामपुर, माडीफाँट, दोभान, अर्गली, हुँगीलगायत क्षेत्र धान उत्पादनको पकेटक्षेत्र छ । किसानले हाइब्रिड, सावित्री, गोरखनाथ, युएस ३१२ लगायत धान लगाएका छन् । यसवर्ष समयमा वर्षा परेकाले टारीखेतमा पनि धानको उत्पादन राम्रो भएको छ ।

आव २०७१र७२ मा ३० हजार २६५ मेट्रिकटन, २०७२/७३ मा ३३ हजार ८९६ मेट्रिकटन, २०७३/७४ मा ३५ हजार ८२ मेट्रिकटन, आव २०७४/७५ मा ३६ हजार ४८५ मेट्रिकटन उत्पादन भएको छ । पछिल्ला वर्षको अवधिको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै धान यसवर्ष वृद्धि भएको पाइएको छ । जिल्लामा उत्पादन भएको धानले यहाँ खान पुग्ने अवस्था कमै रहेकोले छिमेकी जिल्ला रुपन्देहीबाट धान आयात हुने गर्दछ । जिल्लामा थोरै समथरभूमि र धेरै डाँडाकाडा भूभाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा लगाइने गरिन्छ ।

यस जिल्लामा उत्पादन भएको धानले खान नपुगेपनि अन्य बाली गहुँ, मकै, मौसमी तथा बेमौसमी तरकारी बालीमा किसान आत्मनिर्भर बनेका छन् । समथर भूमिमा घर–घडेरी धमाधम बन्ने क्रम भएकाले उत्पादन क्षेत्र कम हुन थालेको छ । रासस

वि.सं.२०७७ मंसिर १० बुधवार १३:४५ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...