back
CTIZAN AD

वि.सं.२०७३ पुस २८ बिहीवार

876 

shares

२८ पुस,काठमाडौँ। उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको पर्यटकीयस्थल तारेभिरलाई देश विदेशमा चिनाउने उद्देश्यले तेस्रो तारेभिर महोत्सव गरिने भएको छ ।

तोरेभिरमा ‘चट्टानी बगैँचा’ (रक गार्डेन) निर्माण गर्ने र घरवास (होम स्टे)को व्यवस्था गरी यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने योजनासहित माघ १ गते महोत्सव गरिन लागिएको हो । विसं २०७१ माघ १ गते पहिलोपटक महोत्सवको आयोजना गरिएको थियो ।

योजनाअनुसार तारेभिरमा पर्यटन प्रवद्र्धनको गृहकार्य भइरहेका बेला २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँका २६० घर पूर्ण क्षति भएकाले घरवास (होम स्टे) बनाउन नसकिएको महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण गोले तामाङले बताउनुभयो ।

दुई हजार मिटर उचाइमा रहेको तारेभिरबाट उपत्यकाका सबै भागको अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ हिमालको मनमोहक दृश्यले पर्यटकलाई आकर्षण गर्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो तामाङ बस्तीमा पूर्वाधारसहित ‘चट्टानी बगैँचा’ (रक गार्डेन)को निर्माण गर्न सके आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिएको गोकर्णेश्वर नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योति बताउनुहुन्छ ।

साविक बालुवा गाविसको ३ र ४ नं वडामा पर्ने यो पर्यटकीयस्थल हाल गोकर्णेश्वर नगरपालिकाको ७ नं वडामा पर्छ । सिंहदरबारबाट करिब २५ किमीको दूरीमा पर्ने तारेभिरमा पर्यटकलाई आकर्षण गर्ने भौतिक संरचना बन्न सके यहाँको जीवनस्तर सुध्रने स्थानीयवासीको भनाइ छ । रासस

वि.सं.२०७३ पुस २८ बिहीवार ११:२९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...