back

वि.सं.२०७३ पुस २८ बिहीवार

510 

shares
GLOBAL IME AD
NTC AD

२८ पुस,काठमाडौँ। उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको पर्यटकीयस्थल तारेभिरलाई देश विदेशमा चिनाउने उद्देश्यले तेस्रो तारेभिर महोत्सव गरिने भएको छ ।

तोरेभिरमा ‘चट्टानी बगैँचा’ (रक गार्डेन) निर्माण गर्ने र घरवास (होम स्टे)को व्यवस्था गरी यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने योजनासहित माघ १ गते महोत्सव गरिन लागिएको हो । विसं २०७१ माघ १ गते पहिलोपटक महोत्सवको आयोजना गरिएको थियो ।

योजनाअनुसार तारेभिरमा पर्यटन प्रवद्र्धनको गृहकार्य भइरहेका बेला २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँका २६० घर पूर्ण क्षति भएकाले घरवास (होम स्टे) बनाउन नसकिएको महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण गोले तामाङले बताउनुभयो ।

दुई हजार मिटर उचाइमा रहेको तारेभिरबाट उपत्यकाका सबै भागको अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ हिमालको मनमोहक दृश्यले पर्यटकलाई आकर्षण गर्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो तामाङ बस्तीमा पूर्वाधारसहित ‘चट्टानी बगैँचा’ (रक गार्डेन)को निर्माण गर्न सके आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिएको गोकर्णेश्वर नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योति बताउनुहुन्छ ।

साविक बालुवा गाविसको ३ र ४ नं वडामा पर्ने यो पर्यटकीयस्थल हाल गोकर्णेश्वर नगरपालिकाको ७ नं वडामा पर्छ । सिंहदरबारबाट करिब २५ किमीको दूरीमा पर्ने तारेभिरमा पर्यटकलाई आकर्षण गर्ने भौतिक संरचना बन्न सके यहाँको जीवनस्तर सुध्रने स्थानीयवासीको भनाइ छ । रासस

वि.सं.२०७३ पुस २८ बिहीवार ११:२९ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...