काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले सचिवालय बैठक बस्न दुवै अध्यक्षको सहमति चाहिने प्रावधान स्वीकार नहुने बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि सचिवालय बैठकमा अगाडि सारेको प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार एकजना सदस्यले चाहेमा पनि बैठक बसाल्नुपर्छ । ‘शनिबारको सचिवालय बैठकमा गौतमले राखेको धारणा उद्र्धत गर्दै प्रेस संयोजक विश्वमणि सुवेदीले लेखेका छन्’, ‘पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ । यस्ता व्यवस्थापनसित सबन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ?’
गौतमले दुईकै सहमति खोज्ने व्यवस्था अनपाउँदा नै पार्टीभित्र समस्या पैदा भएको थियो । उनले पार्टी महासचिव विष्णु पौडेललाई पनि यस्ता तर्कको पछि नलाग्ने विश्वास देखाएका छन् । उनले भनेका छन्, ‘यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।’
उपाध्यक्ष क. वामदेव गौतमको धारणा
मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ ।
वैठकका सम्बन्धमा र प्रक्रियाका…Posted by Bishwamani Subedi Bimasu on Saturday, November 28, 2020
गौतमले बैठक राख्न तयार हुने पार्टी अध्यक्ष ओलीलाई धन्यवाद पनि भनेका छन् । उनका अनुसार खुलस्त छलफलले नै समस्याको समाधान निकाल्छ ।
शनिबार बसेको सचिवालय बैठकमा आफ्नो प्रस्ताव राख्दै पार्टी अध्यक्ष ओलीले सहमतिभन्दा बाहिर गएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाउन खोजेको, सहमतिभन्दा बाहिर गएर प्रस्ताव तयार गरेको, कार्यसूची तयार गरेको जस्ता आरोपहरु लगाएका छन् । ओलीले दुई अध्यक्षको सहमतीभन्दा बाहिर बैठक बोलाउनु, प्रस्ताव तयार गर्नु, कार्यसूची तयार गर्नु पार्टी एकताको सहमती, पार्टीको अन्तरिम विधान र अन्तरपार्टी निर्देशन विपरित भएको बताएका छन् ।
वि.सं.२०७७ मंसिर १४ आइतवार १२:५८ मा प्रकाशित






























