
१४ मंसिर, काठमाडौँ । नेपाली सेनाको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको कार्यालयले करारमा केही विज्ञ जनशक्ति माग गरेको छ ।
समितिले जारी गरेको सूचनामा अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ, राजनैतिक शास्त्र विज्ञ, अर्थ विज्ञ, व्यवस्थापन विज्ञ, सुरक्षा विज्ञ र इन्जिनियरिङगका ७ विज्ञको माग भएको उल्लेख छ ।
सुरक्षा विज्ञ बाहेक अरुका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा पनि १० वर्षको अनुभव आवश्यक भनिएको छ भने सुरक्षा विज्ञका लागि कम्तीमा पनि १५ वर्षको अनुभव भएको व्यक्ति खोजिएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवश्यक डकुमेन्ट पु¥याइ निवेदन दिने भनिएको छ ।