१५ मंसिर, काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्नुभयो भनेर ट्राफिक प्रहरीले समाउँदा आर्थिक प्रलोभन देखाउन खोज्ने बानी त छैन तपाईको ! यस्तो बानी छ भने अब सुर्धानुहोस् ।
यस्तो गर्न खोज्नु भयो भने ट्राफिक प्रहरीले तपाईको डिटेल जानकारी सार्वजनिक गरिदिन सक्छ । यसले तपाईलाई लज्जीत मात्र बनाउँदै कारवाहीका लागि प्रकाउ पनि पर्न सक्नुहुन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालक पक्राउ’ भन्दै एक व्यक्तिको सम्पूर्ण जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने यी व्यक्तिलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारावाही गर्न खोज्दा निज चालकले रु. ५०० दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई प्रकाउ गरी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाइएको जनाइएको छ ।
हेर्नुस् यो सूचना