
१५ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८०९ जनासहित देशैभरी १४७४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङ २४, तेह्रथुममा १, भोजपुरमा १, धनकुटामा ४, पाँचथरमा २, मोरङमा ८२, संखुवासभामा ४, सोलुखुम्बुमा ४ र सुनसरी ५० गरी प्रदेशमा २३६ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १४, बारामा ३, महोत्तरीमा १, रौतहटमा ३, सप्तरीमा १२, सर्लाहीमा ४ र सिराहामा ७ जना गरी प्रदेशमा आज ४४ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ६१५, काभ्रेपलान्चोकमा २९, चितवनमा ३७, दोलखामा २, धादिङमा १०, नुवाकोटमा ६, भक्तपुरमा ६९, मकवानपुरमा २४, रामेछापमा ४, ललितपुरमा १२५, सिन्धुपाल्चोकमा १० र सिन्धुलीमा १ जना गरी प्रदेशमा आज ९३२ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २९, गोरखामा १६, तनहुँमा २, नवलपरासीपूर्वमा १२, पर्वतमा १, मुस्ताङमा १, म्याग्दीमा १०, लमजुङमा ३, बागलुङमा १ र स्याङजामा १२ जना गरी प्रदेशमा आज ८७ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा ३, दाङमा ४९, नवलपरासीमा ५, पाल्पामा ७, प्युठानमा ४, बर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ३६ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा १२० जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ३, दैलेखमा ५, रुकुमपश्चिममा १, सल्यानमा ५ र सुर्खेतमा २४ गरी प्रदेशमा आज ४२ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा ४, कन्चनपुरमा १, डडेल्धुरामा २, डोटीमा १ र बाजुरामा ५ जना गरी प्रदेशमा आज १३ जना थपिएसँगै देशैभरी १४७४ जना संक्रमति थपिएका हुन् । जसमा महिला ६०२ र पुरुष ८७२ जना रहेका छन् ।
आज थपिएका १४७४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ५४८ सहित देशैभरी १२५५ जनामा कोरोना संक्रमण