back
CTIZAN AD

आज देशैभरी १३०४ जना नयाँ कोरोना संक्रमित थपिए, उपत्यकामा ५३० जना

वि.सं.२०७७ मंसिर १६ मंगलवार

780 

shares

१६ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ५३० जनासहित देशैभरी १३०४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४०९, ललितपुरमा ८५, र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २१, उदयपुरमा २, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, भोजपुरमा २, धनकुटामा १, मोरङमा ६१ र सुनसरीमा ५२ गरी प्रदेशमा २०९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४ र सिराहामा ५ जना गरी प्रदेशमा आज ४५ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ४०९, काभ्रेपलान्चोकमा ४०, चितवनमा २२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापमा ४, ललितपुरमा ८५, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज .. जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १००, गोरखामा ३, तनहुँमा १०, नवलपरासीपूर्वमा१५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, बागलुङमा १३ र स्याङजामा ११ जना गरी प्रदेशमा आज १६० जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नवलपरासीमा ६, पाल्पामा १४, प्युठानमा ४, बर्दियामा १९, बाँकेमा ३०, रुपन्देहीमा ४५ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा १४९ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा १९,कन्चनपुरमा १४,कैलालीमा ११, डडेल्धुरामा १२, डोटी र दार्चुलामा १\१, र बझाङमा १०, बाजुराममा ६ र बैतडीमा १८ जना गरी प्रदेशमा आज ९२ जना थपिएसँगै देशैभरी १३०४ जना संक्रमति थपिएका हुन् । जसमा महिला ५०१ र पुरुष ८०३ जना रहेका छन् ।

त्यसैगरी आज पनि कर्णाली प्रदेशमा शून्य संक्रमित रहेको छ ।

आज थपिएका १३०४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

आज देशैभरी १४७४ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ८०९ जना

वि.सं.२०७७ मंसिर १६ मंगलवार १६:२१ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...