back
CTIZAN AD

जापानमा बढ्यो वेरोजगार दर, तीन वर्ष यताकै उच्च

वि.सं.२०७७ मंसिर १६ मंगलवार

795 

shares

१६ मंसिर,काठमाडौं। जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

वेरोजगार दर वृद्धि हुनुको प्रमुख कारणका रुपमा कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधिमा प्रभावित पर्नजादाँ त्यसको प्रगक्ष असर रोजगार क्षेत्रमा पर्न गएको जापानको ठहर छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको सङ्ख्या २१ लाख ४० हजार पुगेको छ ।

जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो सङ्ख्या ३.४ पुगेको तर महिलातर्फको वेरोजगार दर २.७ प्रतिशतमा कुनै परिवर्तन नदेखिएको पनि तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ । कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ ।

जापान सरकारले महामारीका कारण आर्थिक सङ्कटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छुटको योजना अघि सारेको छ । अर्थशास्त्रीहरूका अनुसार जापानले श्रम बजारलाई जटिल सङ्कटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पु¥याइएको छ । रासस

वि.सं.२०७७ मंसिर १६ मंगलवार १६:१९ मा प्रकाशित

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...