back
CTIZAN AD

नेकपाको सचिवालय बैठक जारी, दुवै अध्यक्षको प्रस्तावमाथि छलफल हुँदै

वि.सं.२०७७ मंसिर १६ मंगलवार

765 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठक साढे १ बजे सुरु भएको थियो ।

बैठकमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल भईरहेको छ ।

गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा प्रचण्डले बहुमत सचिवालय सदस्यको सहमतीसहित प्रस्ताव पेश गरेका थिए । १९ पृष्ठको उक्त प्रस्तावमा ओलीको कार्यशैली र विभिन्न निर्णयहरुको आलोचना गरिएको छ ।

प्रचण्डको उक्त प्रस्तावमाथि जवाफी प्रस्ताव स्वरुप गत मंसिर १३ मा बसेको सचिवालय बैठकमा ओलीले बेग्लै प्रस्ताव पेश गरेका थिए । जसमा उनले प्रचण्डमाथि विभिन्न आरोप लगाएका छन् । साथै उनले प्रचण्डलाई पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको आरोप पनि लगाएका छन् ।

मंगलबारको बैठकमा दुवै प्रस्तावमाथि छलफल भईरहेको छ । जनाइएअनुसार प्रचण्डले लिखित रुपमै ओलीको प्रस्तावको जवाफ तयार पारेका थिए ।

सम्बन्धित समाचार

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, ओलीको प्रस्तावमाथि छलफल हुने

नेकपा सचिवालय बैठक बस्दै, ओलीको प्रश्नको जवाफ दिने तयारीमा प्रचण्ड

पार्टी विवाद चुलिएको बेला केक काटेर सुरुवात गरियो सचिवालय बैठक

सुरक्षा थ्रेट देखाउँदै धुम्बाराही जान मानेनन् ओली

वि.सं.२०७७ मंसिर १६ मंगलवार १६:१० मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...