back
CTIZAN AD

मेलम्चीको बजेट रु अठार करोडभन्दा बढी

वि.सं.२०७३ पुस २९ शुक्रवार

834 

shares

rupees

२९ पुस,मेलम्ची  । मेलम्ची नगरपालिकाको तेस्रो नगरपरिषद्ले आगामी आव २०७४÷७५ का लागि रु १८ करोड ३१ लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ ।

बजेट प्रस्तुत गर्दै कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले बजेटले पूर्वाधार विकास र पर्यटन विकासमा जोड दिएको जानकारी दिनुभयो ।

परिषद्को उद्घाटन गर्दै स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले अबको केही दिनमै दलबीच सहमति भई स्थानीय निकायको निर्वाचन घोषणा हुने बताउनुभयो । राज्यमन्त्री जबेगुले स्थानीय निकायको अधिकार क्षेत्र तथा स्थानीय निकायमार्फत सञ्चालन हुने विकासको नीतिगत व्यवस्थामा सुधार गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

सांसद शेरबहादुर तामाङले स्थानीय निकायको तत्काल निर्वाचन गरी जनप्रतिनिधिमार्फत नगर र गाउँको विकासमा तीव्रता दिन आवश्यक रहेको बताउनुभयो । रासस

वि.सं.२०७३ पुस २९ शुक्रवार १४:२८ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...