back
CTIZAN AD

क्रान्तिकारीद्वारा स्ववियु निर्वाचन परिचालन समिति गठन

वि.सं.२०७३ पुस २९ शुक्रवार

813 

shares

२९ पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आगामी फागुन १४ गतेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले अध्यक्ष नरेन्द्र न्यौपानेको संयोजकत्वमा पाँच हजार ४५३ सदस्यीय ‘स्ववियु मूल निर्वाचन परिचालन समिति’ गठन गरेको छ ।

आज पत्रकार सम्मेलन गदै क्रान्तिकारीका अध्यक्ष न्यौपानेले स्ववियु निर्वाचनमा आफ्नो पक्षमा जनमत जुटाउनका लागि परिचालन समिति गठन गरेको जानकारी गराउनुभयो ।

समितिमा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका सबै सदस्यका साथै देशभरका सबै क्याम्पसका इकाइ अध्यक्ष रहेका छन् । उहाँले आफूहरु स्ववियु निर्वाचनलाई स्वागत गर्दै चुनावमा होमिएको बताउनुभयो ।

यसैगरी क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि विभिन्न उपसमितिसमेत बनाएको छ ।
अखिलले अध्यक्ष न्यौपानेको संयोजकत्वमा उम्मेदवार छनोट उपसमिति, आर्थिक उपसमितिमा अनिल शर्मा, स्वयम्सेवक उपसमितिमा रामचन्द्र अधिकारी, घोषणापत्र उपसमितिमा मदन अर्याल, वार्ता तथा तालमेल उपसमितिमा रञ्जीत तामाङ रहेका छन् ।

यसैगरी क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि काठमाडाँैका आङ्गिक क्याम्पसमा संयोजक तोकेको प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी गराउनुभयो ।

स्ववियु तयारीलाई अझ व्यापक बनाउन माघ १० गतेभित्र सातैवटा प्रदेशमा प्रदेशस्तरीय स्ववियुसम्बन्धी बृहत् कार्यशाला गोष्ठी गर्ने क्रान्तिकारी प्रवक्ता बस्नेतले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस २९ शुक्रवार १४:२६ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...