back

नेकपा बहसका पराकम्प र अबको बाटो

वि.सं.२०७७ मंसिर १८ बिहीवार

132 

shares
NTC AD
Global IME AD

नेपाल कम्युनिष्ट पार्टी यतिवेला गंभिर बहसमा छ । त्यसो त विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलन दुवै कहिल्यै बहस विहिन भएनन् । नक्कली नै भए पनि प्रमुख दुश्मन खडा गरेर त्यसका विरुद्ध निशाना सोझाउन पर्ने र जसो तसो आफैंभित्र पनि विपरित तत्व करार गरी अन्तर संघर्ष संचालन गर्न पर्ने र जीवन्त पार्टीमा अन्तरसंघर्ष चलिरहन्छ । हरेक संघर्षले पार्टीलाई रुपान्तरण गर्न मद्दतै गर्छ भनेर चित्त बुझाउने पुरानो चलनमा आज पनि कत्ति पनि कमि आएको छैन । त्यसै गरी हरेक विवादलाई राजनैतिक जामा पहिराउन सिपालु कम्युनिष्ट भाष्य आज पनि वरकरार कायम छ । मन परेन भने कसैको एजेण्ट वा कसैको उक्साहटमा भनिदिने र राजनीति ध्वस्त बनाईदिने जानेमानेको चलन भन्ने कुरालाई हालैको पार्टीको बहसको तरिका र स्तरले पुनः पुष्टि गरेको छ ।

पार्टीका कार्यकारी अध्यक्षको १९ बुँदे फिरादको प्रतिउत्तरमा अर्का अध्यक्षको ३८ बुँदे प्रतिउत्तरले सामाजिक सञ्जाल र अनलाईनकारिताले हर्षबढाईं गरिरहेका बखत पार्टीको नेतृत्व पंक्ति घुँडा धसेर बहसमा उत्रेको दृश्य धुम्वाराहीमा देखिन्छ । अर्कोतर्फ देशै भरी नेता कार्यकर्ता र समर्थक सुभचिन्तकहरु यो वा त्यो कित्तामा विभाजन भै मल्लयुद्धको पुर्वाभ्यास गर्दैछन् भन्ने कुरा पर्सा घटना एक प्रतिछाँया मात्रै हो भन्न सकिने अवस्थामा छ ।

पार्टी एकताको झण्डै तीन वर्षसम्म पनि महाधिवेशन नहुँदासम्मको सर्वोच्च अंग मानिएको केन्द्रिय समितिको जम्मा जम्मी दुई बैठक बस्ने र अर्को महाधिवेशन हुन पर्ने अवधिसम्म पार्टी एकताका बाँकी काम नसकिने हदै दर्जाको पार्टी गतिविधि हाम्रा सामु छ । समाजवाद उन्मुख जनताको जनवादको तात्कालिन कार्यक्रमसहितको कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार सुशासनको मामलामा प्रश्नै प्रश्नले घेरिने अवस्था र सगरमाथाको उचाई झंै चुलिएको जनताको अपेक्षा पुरा गर्न नसकिएको अवस्थामा ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान चरितार्थ गर्दै राजावादीहरुका एकाध झाँकीहरु प्रहसन हुने गरेको अवस्थाले जो कोही पनि नेकपाका समर्थक सुशचिन्तकहरुकोे चित्त प्रसन्न नभएको कुरा जगजाहेर छ ।

पार्टीका कार्यकारी अध्यक्षको १९ बुँदे फिरादको प्रतिउत्तरमा अर्का अध्यक्षको ३८ बुँदे प्रतिउत्तरले सामाजिक सञ्जाल र अनलाईनकारिताले हर्षबढाईं गरिरहेका बखत पार्टीको नेतृत्व पंक्ति घुँडा धसेर बहसमा उत्रेको दृश्य धुम्वाराहीमा देखिन्छ । अर्कोतर्फ देशै भरी नेता कार्यकर्ता र समर्थक सुभचिन्तकहरु यो वा त्यो कित्तामा विभाजन भै मल्लयुद्धको पुर्वाभ्यास गर्दैछन् भन्ने कुरा पर्सा घटना एक प्रतिछाँया मात्रै हो भन्न सकिने अवस्थामा छ । दुई अध्यक्ष वादी प्रतिवादी अरु नेताहरु फड्के किनाराका साँछी केही वाकपटुता भएकाहरु रफुचक्करवाज झै रफु भर्ने धुनमा रेडियो टेलिभिजनमा व्यस्त जनता निराश यतिवेलाको यथार्थ यही हो ।

कम्युनिष्ट पार्टीको जीवन बहसमा निर्भर गर्दछ । मार्क्सवादी भाष्यमा यसलाई आन्तरिक जनवाद भनिन्छ । जनवादी केन्द्रियता लेनिनवादी संगठनात्मक सिद्धान्तको मर्म हो भन्दै गर्दा युद्धका वेला केन्द्रियता र शान्तिका वेला जनवाद, आवश्यकता र स्वतन्त्रताको वहसको कुरा गर्दा संकटको वेला आवश्यकता र फुर्सदको वेला स्वतन्त्रता भन्ने पनि नगरिएको हैन । राजनीतिलाई पेशा वनाएका जनहरुका लागि जे गर्दा पनि फाईदा होला र हरेक बहसले पार्टीलाई नयाँ उचाईमा पुर्याउछ भनिएला तर, आम जनता समर्थक सुभचिन्तककालागि विवाद निराशाको अस्त्र बनेर आउँछ भन्ने कुरा पनि बुझ्न कठिन हुँदैन । त्यसैमा पनि खास मान्यतामा आधारित बहसले राम्रै परिणाम निकाल्छ भन्ने कुरामा विश्वास गर्दा गर्दै पनि यतिवेलाको माहौलले आफै स्वयं घोषणा गर्दैछ कि यो बहस सिस्टममा पनि छैन र मित्रवत पनि छैन । दन्केको आगोमा रोटी सेक्नेहरुको कमि छैन बजारमा भन्ने कुराको हेक्का राखिएन भने आगो नेकपाले फुक्ने रोटी अर्कैले सेक्ने नहोला भन्न सकिन्न ।

पार्टीभित्रको यो आरोप प्रत्यारोपको श्रृंखला आजका मितिसम्म आईपुग्दा सबैभन्दा पहिला नागरिक समाज विभाजित भएको छ । एउटा राजनैतिक पार्टीभित्रको आन्तरिक मामलाभन्दा भन्दै पनि एकाथरी स्वघोषित नागरिक समाजवालाहरु प्रधानमन्त्रीले राजिनामा दिन पर्दैन र अर्काथरीले भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्रीलाई कुर्चीमा बस्ने नैतिक अधिकार छैन । नैतिकताका आधारमा राजिनामा दिनपर्छ भनी वक्तव्यवाजी गर्न पछि परेका छैनन् । पार्टीभित्रको यो अवस्थाले नागरिक समाज आफ्नो सरोकार नभएको क्षेत्रमा प्रवेश गरी वक्तव्यवाजी गरिसकेपछि समाजका अरु अवयवहरु नतानिने भन्ने प्रश्नै रहेन ।

समाज र राज्यका अवयवहरुमा पर्ने विभाजनकारी मानसिकताका बाछिटाहरुले मुलुकले अंगिकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, तीन तहका सरकार, समावेशी समानुपातिक मान्यता बेबारिसे बन्ने खतरा त्यतिकै छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना र समाजवाद हुँदै साम्यवादमा पुग्ने नेकपाको परिलक्षित यात्रा बिचैमा अवरुद्ध हुने पक्का छ ।

केही समय अघि पार्टी विभाजन गर्ने अध्यादेश वा संसद विघटन गरी मध्यावधि चुनाव वा संकटकालको चर्चा गरेर राष्ट्रपतिलाई विवादमा ल्याउने चर्चाले बजार ततायो । अब बजार समाजका हरेक अंगमा विभाजन गर्ने र विवादमा ल्याउने हर्कतमा रुमल्लिनेछ । यसै गरी स्थायी सरकार मानिने कर्मचारीतन्त्र जसको आधिकारिक ट्रेड युनियनको चुनाव सायद पार्टीको आन्तरिक कारणले पटक पटक तोकिदै र स्थगित हुदै आएको छ त त्यहाँभित्रको विभाजन खोज्न टाढा जानै पर्दैन । सुरक्षा संयन्त्रभित्र पनि हिजोको जस्तो अवस्था आज छैन । प्रमुख हुनका लागि नेताका घर दैलो गर्ने अभियानको आरम्भ भई नै सकेको छ ।

समाज र राज्यका अवयवहरुमा पर्ने विभाजनकारी मानसिकताका बाछिटाहरुले मुलुकले अंगिकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, तीन तहका सरकार, समावेशी समानुपातिक मान्यता बेबारिसे बन्ने खतरा त्यतिकै छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना र समाजवाद हुँदै साम्यवादमा पुग्ने नेकपाको परिलक्षित यात्रा बिचैमा अवरुद्ध हुने पक्का छ । सबैभन्दा नराम्रो र गहिरो असर पार्टीका नेता कार्यकर्ता समर्थक र सुभचिन्तकमा पर्नेछ । पार्टी एकतादेखि फिराद प्रतिउत्तरसम्मको यात्रामा पार्टीको सचिवालय बाहेक सिंगो पार्टी पंक्ती औपचारिक रुपमा सामेल छैन । तथापि सत्ताको स्वाद भोगेका र सोको रापतापको आशिर्वाद प्राप्त गरेका र प्राप्त गर्न लालायितहरुको हर्कत बेग्लै हुनेछ । त्यो बाहेक अरुहरुका लागि ‘भिरवाट लडे पनि किलो रित्तै, बाघले खाए पनि किलो रित्तै’ भन्ने उखान चरितार्थ हुने र ठुलो पंक्ती यो वा त्यो कित्तामा हैन निराश हुने र निष्कृय वन्नेछ । लामो राजनैतिक उतार चढाव उकाली ओराली व्यहोरेका र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्नका लागि कुर्वानी गरेको पक्ति यही व्यवस्था जोगाउनका लागि मुकदर्शक बन्ने अवस्था आईपर्ने भनेको नेपाली राजनीतिकालागि त घाटाको बिषय हुँदै हो कम्युनिष्ट आन्दोलनकालागि त अपुरणीय क्षति नै हो । केही चैतेहरुवाट विगत ७० वर्ष देखि त्याग बलिदान र संघर्षवाट प्राप्त उपलब्धीको रक्षा संभव छैन । जव प्राप्त उपलब्धी नै धरमरमा हुनेछ तव फिराद र प्रतिउत्तरको औचित्य पनि स्वतः सकिने छ । फिराद प्रतिउत्तरसँगै वादी प्रतिवादीहरु प्नि एकादेशको कथामा सीमित हुने खतरा छ । यस तर्फ हेक्का छ कि छैन कुन्नी ?

परिस्थिति गंभिर छ । गंभिर परिस्थितिको सामना गंभिर ढंगले नै गर्न जरुरी छ । आन्तरिक जनवादको पक्ष कमजोर भएकै कारणले पार्टी कमजोर भएको हो भन्ने कुरा कमसेकम केही चैतेहरु बाहेक कम्युनिष्ट आन्दोलनका विभिन्न धाराहरुबाट आएका जनहरुका लागि बताईरहनु पर्दैन । बहसले पार्टीलाई रुपान्तरण गर्छ भन्ने विश्वास जगाउनका लागि मात्रै भए पनि विवाद र बहसलाई विधि पद्दतिको सिमामा बाध्न जरुरी छ । बहस कम्युनिष्ट आदर्श मान्यता र सिद्धान्तका पृष्ठभुमिमा बदल्न जरुरी छ । पार्टीभित्र मौलाएका हर्कतहरु कम्युनिष्ट मात्रै हैन सामान्य बुर्जुवाहरुले समेत कल्पना नगरेका हद र स्तरका छन् तिनको अन्त गरेर मात्रै पुग्दैन । तिनलाई दण्डित नै गर्न जरुरी छ । त्यसो नगरेसम्म कम्युनिष्ट आन्दोलनले पुनर्जीवन प्राप्त गर्ने छैन ।

सत्ताको बागडोर समालेको पार्टीको बेथितिले सिंगो समाजलाई नै बेथितिमा धकेल्ने पक्का छ । यो बेथितिको बाँध फुटदै गर्दा देशभित्र र बाहिर समेतका नेपाललाई माया गर्नेहरुको नुर गिरेको हुनेछ । नेपालप्रति गिद्दे दृष्टि राख्नेहरुका हड्डी हाँसेका हुनेछन् । यस्तो अवस्थामा आन्तरिक झगडाका वादी प्रतिवादी वनेर सत्तामा रहेका वा नरहेका कसैकालागि पनि राजनीति गर्ने कुरा उकालोमा ढुगो पल्टाउदा हुने कष्ट बराबर हुनेछ । त्यस पछि भने सत्तारुढ पार्टी भित्रको वहस, समाजवाद उन्मुख जनवादको परिकल्पना, समाजवाद हुदै साम्यवादमा पुग्ने सपना केवल सपनामा नै सिमित हुनेछन् ।

नेकपाभित्रको परिस्थिति गम्भीर छ । गम्भीर परिस्थितिको सामना गम्भीर ढंगले नै गर्न जरुरी हुन्छ । नेतृत्वले पार्टीका विवादहरुलाई पार्टीको विधि पद्दतिका आधारमा टुग्यांउने र फुट परस्त प्रवृत्तिका विरुद्ध सम्झौताहिन रुपमा संघर्ष गर्ने हिम्मत गर्नुपर्दछ । यो हिक्मतले नै ‘संकटका बेला नेतृत्वको पहिचान हुन्छ’ भन्ने उक्तिलाई पनि पुनर्पुष्टि गर्नेछ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा फगत बन्ने छ । अघिल्लो निर्वाचनका बखत जनतासमक्ष गरेका बाचा कवोल झुटका पुलिन्दा हुनेछन् । यो विकराल चित्रको परिकल्पना गरेर पार्टीका विवादहरुलाई पार्टीको विधि पद्दतिका आधारमा टुग्यांउने र गलत र ध्वंसात्मक र फुट परस्त प्रवृत्तिका विरुद्ध सम्झौताहिन र विचार र राजनीतिका मुद्दा मैत्रिपुर्ण संघर्षको माध्यमबाट हल गर्न हिम्मत गर्ने बेला भएको छ । यो हिक्मतले संकटका बेला नेतृत्वको पहिचान हुन्छ भन्ने उक्तिलाई पनि पुनर्पुष्टि गर्ने छ । अन्ततः सचेत पहलकदमी हुन नसके समयले समाधान दिने कुरा छ त छँदैछ समय कुर्ने कि सचेत पहलकदमी गरेर नेतृत्वको पहिचान दिने आगे नेताहरुकै जिम्मा ।

(सत्तारुढ नेकपाका नेता देवकोटा वरिष्ठ अधिवक्ता पनि हुन्)

वि.सं.२०७७ मंसिर १८ बिहीवार १३:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...