back
CTIZAN AD

लघुकथाः घर विक्री

वि.सं.२०७७ मंसिर २० शनिवार

726 

shares

कृष्णप्रसादले आफू बसीरहेको पुरानो घर भाडामा लगाएर अन्तै खुला ठाउँमा जग्गा किनेर नयाँ घर बनाएर बस्न थाल्यो । नयाँ घर बनाएर बस्न थालेको एकवर्ष बितेपछि उसले भाडामा लगाएको पुरानो घर विक्री गर्न ग्राहकहरुको खोजी ग¥यो । छिमेकी घरधनी प्रकाशलाई “मेरो यो भाडामा लगाएको घर किन्ने ग्राहक पाइन्छ भने खोजीदिनु नि” भन्यो । छिमेकी घरधनी प्रकाशले “मलाई नै बेचे भइहाल्छ नि मूल्य मिलाएर मलाई नै दिनु नि म किन्छु नि” भन्यो । “हुन्छ नि त तपाईले किन्नुहुन्छ भने म अरु ग्राहक खोज्दीन नि तपाईलाई नै मिलाएर दिन्छु नि त” उसले भन्यो ।

उसको घरमा भाडामा बस्नेले पनि उसले घर विक्री गर्न ग्राहक खोजेको थाहा पाएपछि हामी नै किन्छौ नि तपाईको घर हामीले किन्यौ भने यो घरबाट अन्त हामीलाई सरिरहन पनि परेन नि” भन्यो । छिमेकी घरधनीलाई करिब छ सात महिनासम्म हाम्रो घर किन्नु भनेर झुलाउन पुग्यो र भाडामा बस्नेलाई उसले विक्री गरेरै छाड्यो । भाडामा बस्नेले उसको घर किनेको थाहा पाएपछि हामीलाई किन्नु भनेर भन्यो तर भाडामा बस्नेलाई पो उसको घर बेचेछ नि भनेर कृष्णप्रसादसँग छिमेकी घरधनी रिसायो ।

त्यसपछि उनीहरुको बोलचाल पनि बन्द भयो । केही समय बितेपछि छिमेकी घरधनीले प्राइभेट कार किन्यो र उसको घर गल्लीबाट भित्र पस्नु पर्ने भएकोले उसको घरमा कुनै पनि गाडी जान सक्दैनथ्यो । उसले किनेको कारलाई भाडा तिरेर ग्यारेजमा लगेर राख्यो । गाडी किनेपछि उसले यो घर नकिनेकै ठिक भो अब अन्यत्र कतै गाडी जाने ठाउँमा विक्री गर्न खोजेको घर किनेर सर्नु ठिक होला भनेर मलाई उसले घर नबेचेकै ठिक भयो नि भनेर खुसी भयो ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:२९ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...