
मुटु बाहेक दिन सक्ने केही उपहार थिएन ।
दुखसँग खुसीसाट्ने कतैपनि बजार थिएन ।
खोजी हेरेँ धेरै पटक हृदयको कुनाकाप्चामा,
तिमी बिना मेरो खुसीको कुनै संसार थिएन ।
हरेकपटक औधी चर्को मुल्य खोजिरह्यौ प्रिय,
बेचिदिउँ भनेपनि यो जिन्दगी ब्यापार थिएन ।
अस्थित्वहीन थियो जीवन तिमी आउनु पहिले,
मानव भएर पनि कत्ति मानवीय रफ्तार थिएन ।
हो! यस्तै कारण शँका गरिरहन बाध्य भएँँ मैले,
किनकि मसँग विश्वास गर्ने कुनै आधार थिएन ।