back
CTIZAN AD

ओलीसँग सरकारमा रहने नैतिकता छैन : विमलेन्द्र निधि

वि.सं.२०७७ मंसिर २३ मंगलवार

804 

shares

काठमाडौं । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा रहने नैतिकता नरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा बोल्दै उनले ओली नेतृत्वको सरकारले जनताका अपेक्षा अनुकुल नभई प्रतिकुल काम गरेको टिप्पणी गरे ।

‘यो सरकारको कामकारवाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन, संघीयता टिकाउने काम गरेन, उल्टो कमजोर पार्ने काम गरेको छ’, बैठकमा निधिले भने ‘हाम्रो आधिकारिक निष्कर्ष हो( यो सरकारसँग शासन गर्ने राजनीतिक र नैतिक अधिकार छैन ।’

सरकार असफल भएको कारण सडकमा प्रदर्शन देखिएको उनको भनाई छ । ‘अहिले जेजति कुरा आएका छन्। यो तपाईंहरूकै कारणले भएको हो,’ सडकमा राजावादीका प्रदर्शनतर्फ संकेत गर्दै निधिले भने, ‘कांग्रेस संघीयता र गणतन्त्रको पक्षमा सधैं रहिरहन्छ।’

उनले सरकारको प्रवृत्ति र भ्रष्टाचारविरुद्व आफुँहरु आन्दोलनमा जान लागेको पनि बताएका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि धारणा राखेका थिए।

बैठकमा उपस्थित भएका सभापति देउवा भने अन्य नेताहरुलाई धारणा राख्न लगाएका निस्किएका थिए ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १६:३८ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...