back
CTIZAN AD

गणतन्त्र विरोधीलाई बाबुरामको ५ सुझाब – मशिनले सिएका लुगा नलगाऊ, लगौंटी लगाएर हिँड

वि.सं.२०७७ मंसिर २४ बुधवार

807 

shares

काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले गणतन्त्र विरोधीलाई पुरानै अवस्था फर्किएर हेर्न सुझाब दिएका छन् । उनले गणतन्त्र विरोधी पुरातन सोंच हो भन्दै यस्तो सुझाब दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले पछिल्लो विज्ञान प्रविधि प्रयोग नगर्न, अस्ताल नजान, गाडी नचड्ढन, विदेशी मेसिनले सिलाएका लुगा नलगाउन र पछिल्लो आविष्कार फोन इन्टरनेट प्रयोग नगरेर हेर्न आग्रह गरेका छन् । उनका अनुसार यी सबै कुरा स्वीकार्य छ भने गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई पनि स्वीकार गर्नुपर्छ ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताळाई ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई सुझाव : १. विज्ञान र प्रविधि/विदेशी भाषा नपढ । गुरूकुल मात्र जाऊ, २.अस्पताल नजाऊ, धामीझांक्री लगाऊ, ३. गाडी नचढ,पैदल मात्र हिंड, ४. विदेशी मशिनले सिएका लुगा नलाऊ, लगौंटी लगाएर हिंड, ५. फोन, इन्टरनेट र टीभी प्रयोग नगर, नत्र वकवास नगर !’

पछिल्लो समय देखिएको गणतन्त्र विरोधी प्रदर्शनप्रति भट्टराईले निकै आक्रामक टिप्पणी गर्ने गर्दछन् । उनी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विकल्प खोज्न नसकिने बुझाई राख्दछन् ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १५:५६ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...