back
CTIZAN AD

महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बहुमत देखाउँदैमा हटाउन मिल्दैन : गोकुल बाँस्कोटा

वि.सं.२०७७ मंसिर २८ आइतवार

690 

shares

२८ मङ्सिर, मोरङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् । प्रेस सङ्गठन मोरङद्वारा आज त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केन्द्रीय कमिटीको निर्णयले हटाउन नसक्ने बताउँदै नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले महाधिवेशन र आमनिर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको निर्णयबाट हटाउन खोज्नु पार्टीलाई अस्तव्यस्त बनाउने प्रयास हुने जिकिर गरे ।

उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रियाबाट मात्र हटाउन सकिने संवैधानिक व्यवस्था रहेको जनाउँदै पूर्वमन्त्री बाँस्कोटाले राजनीति र पार्टीको स्थिरताका लागि महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बहुमत केन्द्रीय कमिटीले हटाउन नसक्ने जिकिर गरे । “बहुमत सदस्यले आफ्नो दृष्टिकोण भने राख्न सक्नेछन्”, उनले भने ।

अर्काे प्रसङ्गमा उनले राजनीतिका नाममा हिंसा र व्यक्ति हत्या स्वीकार्य हुन सक्दैन भन्दै कम्युनिष्टका नाममा भएको व्यक्ति हत्याको भत्र्सना गरे । पार्टीको जिम्मेवार पदमा बसेका नेताका सम्बन्धमा उठेका नैतिकताका विषयमा हुने छानबिनका लागि पद त्याग गर्नु उचित हुने विचार पनि उनले राखे।

संवैधानिक निकायका खाली पदमा हुने नियुक्ति सिफारिशका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले अन्यथा त्यस्ता निकाय कमजोर हुने र सरकारले बाध्य भई अध्यादेश ल्याउन सक्ने धारणा राखे। रासस

वि.सं.२०७७ मंसिर २८ आइतवार १७:३९ मा प्रकाशित

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...