back
CTIZAN AD

राजसंस्थालाई नाजिवादसँग जोडनु तपाईंको बौद्धिक दरिद्रता हो

वि.सं.२०७७ पुस ३ शुक्रवार

900 

shares

०६२/६३ को आन्दोलन पछि शान्तिपूर्ण रुपमा प्रजातन्त्रलाई सहयोग पुराउदै विना रक्तपात पत्रकार सम्मेलन गरेर आफ्नो राजगद्दी र श्रीपेज नासोको रुपमा छोडेर शान्तिपूर्ण रुपमा देशभित्र नै जिवनयापन गर्ने गरि अघि बढेको संस्था पनि राजसंस्था नै हो। यो सत्य र यथार्थतालाइ नवुझि नेपालको राजसंस्थालाई नाजिवादसंग जोडनु तपाईंको बौद्धिक दरिद्रता हो।

०७७ पुस २ बिहीबार नयापत्रिकामा प्रकाशित लोकराज बरालको ‘राजतन्त्र कि लोकतन्त्र’ शिर्षकको लेख पढे पछि केहि प्रतिक्रिया जनाउँदै छु। आशा छ उहाँ समक्ष यो प्रतिक्रिया पुग्नेछ।

राजतन्त्र र राजसंस्था नितान्त दुई फरक चिज हुन्। राजतन्त्रले शाशन गर्छ भने राजसंस्था प्रजातन्त्रको परिधिभित्र एकताको प्रतिकको रुपमा उपस्थित जनाउछ। जसले प्रजातन्त्रलाई थप बलियो बनाउन मद्दत गर्छ। बेलायत, स्पेन, नर्वे, स्विडेन, जापान लगायतका देशहरूमा राजतन्त्र छैन केवल एकताको प्रतिकको रुपमा राजसंस्था छ। नेपालमा पनि राजतन्त्र हैन राजसंस्थाको वहस चलेको छ। राजतन्त्र र राजसंस्थाको विचको फरक नवुझ्ने तपाईं राजनिती शास्त्रको प्रकाण्ड विद्वानको चिन्तनलाई के भन्ने ? नेपाली जनताले चाहेको राजसंस्था हो ‘तन्त्र’ हैन।

नेपालको राजसंस्थालाई जर्मनीको नाजिवादसंग दाँज्नु भनेक‍ो कुकुर र गाईमा फरक नदेख्नु हो वा खुट्टा चारवटा मात्र देख्नु हो। नेपालको राजसंस्थाले २००७ सालमा जाहानिया राणा शाशनको विरुद्ध प्रजातन्त्र स्थापनार्थ राजगद्दी समेत दाउमा लगाएको इतिहास ताजै छ। आजको नेपाल खडा गर्ने एकमात्र संस्था राजसंस्था हो। २०४६ को राजनीतिक परिवर्तनको समयमा नेपाललाई भुटान हुनवाट जोगाउने संस्था पनि राजसंस्था नै हो। अझ ०६२/६३ को आन्दोलन पछि शान्तिपूर्ण रुपमा प्रजातन्त्रलाई सहयोग पुराउदै विना रक्तपात पत्रकार सम्मेलन गरेर आफ्नो राजगद्दी र श्रीपेज नासोको रुपमा छोडेर शान्तिपूर्ण रुपमा देशभित्र नै जिवनयापन गर्ने गरि अघि बढेको संस्था पनि राजसंस्था नै हो। यो सत्य र यथार्थतालाइ नवुझि नेपालको राजसंस्थालाई नाजिवादसंग जोडनु तपाईंको बौद्धिक दरिद्रता हो।

तपाईंले मरिसकेको राजसंस्था भनेर लेख्नु भएछ, यो संसारमा आजका धेरै सम्पन्न देशहरूमा राजसंस्था हटेर फेरि फर्केका उदाहरण छन। त्यस्तो किन हुन्छ भने त्यो देशको ठोस आवस्यकताको परिवेश के हो ? त्यसमा भर पर्छ। नेपालको भौगोलिक अवस्था र नेपालमा राष्ट्रिय एकताको लागि साझा संस्थाको रुपमा आज देशभरि राजसंस्थाको पक्षमा आवाज उठिरहेको छ। सार्वभौम जनताको यो मागलाई हिटलरको अनुयायी भनेर तुलना गर्ने आँट तपाईमा कसरी आयो ?

गणतन्त्रलाई उच्चतम सिद्धान्त तपाईं भन्नु हुन्छ ? कुन सिद्धान्त उच्चतम हो वा हैन त्यो देशको ठोस आवश्यकताको परिवेशमा त्यसले कत्तिको योगदान गरेको छ वा छैन त्यो संग जोडिन्छ ।

गणतन्त्रका नाममा आएका राष्ट्रपतिहरुले २० औ शताब्दिमा लाखौ मान्छेको नरसंहार गरेको र गणतन्त्रको नाममा एकदलिय फाष्सिट अधिनायकवाद कायम गरेको पनि तपाईंलाई थाहा नहुने कुरै भएन । कुनै पनि सिद्धान्तले त्यो देशको जनताको आकाक्षांलाई कुन हदसम्म स्विकारेको छ मुल प्रश्न त्यो हो।

अन्तमा : आज तपाईंको उच्चतम गणतन्त्रको खेलौना भयको संविधान र नांगै मैदानमा आएका खेलाडीहरु देख्नु भयकै होला। यस्तो उच्चतम अभ्यासलाई तपाईं के भन्नुहुन्छ ? पुर्वाग्रह पिडित देशको वास्तविकता भन्दा बाहिर रहेर सुगा रटाइले चलेका तपाईंका कलम र बौद्धिक मस्तिष्कलाई दया सिवाय केहि मान्न सकिदैन। आसा छ तपाईंको आउँदो लेखमा मेरा विषयहरुलाई सम्बोधन गर्नु हुनेछ। धन्यवाद ।

(पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य हुन् ।)

वि.सं.२०७७ पुस ३ शुक्रवार १२:५९ मा प्रकाशित

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...