back
CTIZAN AD

बल्खु पुगेर प्रचण्डले भने – कम्युनिष्टहरु विरुद्व गरिएका षडयन्त्रलाई सफल हुन दिन्नौं (भिडियोसहित)

वि.सं.२०७७ पुस ९ बिहीवार

786 

shares

पुस ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरु विरुद्व गरिएका षडयन्त्रलाई सफल हुन नदिने बताएका छन् । बिहिबार तत्कालीन एमालेको कार्यालय रहेको बल्खुमा पुगेर उनले यस्तो बताएका हुन् ।

प्रचण्डले संसद विघटनदेखि कम्युनिष्ट आन्दोलनविरुद्व देखिएका षडयन्त्रलाई सफल हुन नदिने बताए ।

‘देशमा अहिले जसरी संसद अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरियो यो लोकतन्त्र र गणतन्त्रका विरुद्ध, अहिलेसम्मका कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धीका विरुद्धको षडयन्त्रका रुपमा छ’, प्रचण्डले भने, ‘यसलाई हामी सफल हुन दिँदैनौं भन्ने कुरा हाम्रो बैठकबाट पारीत गरेका छौं, यहाँ त्यसलाई दोहोर्याउन आएका हौंं ।’

उनले बल्खुस्थित कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माल्र्यापण पनि गरेका थिए ।

पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकले उक्त ठाउँमा पार्टीको आधुनिक कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । जसलाई सम्झँदै प्रचण्डले उक्त ठाउँमा आधुनिक खालको पार्टी कार्यालय भवन निर्माण गर्ने योजना सुनाए ।

बिहिबारको केन्द्रीय समिति बैठकलगत्तै पार्टी अध्यक्षद्वय प्रचण्ड, मावध कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, अनुशासन विभागका प्रमुख अमृत बोहरालगायत बल्खु पुगेका थिए ।

वि.सं.२०७७ पुस ९ बिहीवार १८:०९ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...