back
CTIZAN AD

मालिका सेवा समाजद्वारा मिर्गौला पीडितलाई १३ लाख सहयोग

वि.सं.२०७७ पुस १० शुक्रवार

738 

shares

१० पुस, बागलुङ । मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब रु १३ लाख सहयोग गरेको छ । जिल्लाको बागलुङ नगरपालिका–५, मालिकाका मिर्गौलापीडित सन्तोषको उपचारका लागि समाजले सङ्कलन गरेको नगद रु १२ लाख ७३ हजार ७१८ सहयोग गरेको हो । समाजका संरक्षक तथा पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा र समाजका अध्यक्ष दुर्गा कुँवरले सो रकम बिरामीका दाजु नवीन किसानलाई एक कार्यक्रमकाबीच बुधबार हस्तान्तरण गरे ।

समाजका कोषाध्यक्ष दुर्गा केसीका अनुसार उक्त रकम मालिका सेवा समाज बागलुङबाट रु तीन लाख ३६ हजार १५१, मालिका सेवा समाज पोर्चुगलबाट रु एक लाख २७ हजार ४७०, युकेबाट रु एक लाख ८५ हजार ९२०, कोरियाबाट रु एक लाख ५३ हजार ९११, दुबईबाट रु एक लाख ३० हजार, कतारबाट रु ८९ हजार ८५२, साउदी अरबबाट रु ८२ हजार ११०, भारतबाट रु ५८ हजार ३०४, स्थानीय समन्वयबाट रु ९० हजार र मालिका वडा कार्यालयबाट रु २० हजार नगद सहयोग प्राप्त भएको जानकारी दिए ।

वि.सं.२०७७ पुस १० शुक्रवार १२:०८ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...