back
CTIZAN AD

कम्युनिष्ट आन्दोलनका असल गुरु स्वनामको निधन

वि.सं.२०७७ पुस १० शुक्रवार

987 

shares

१० पुष, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थि नेता स्वनाम साथी(शशी शेरचन)को शुक्रबार साँझ निधन भएको छ ।

लामो समय देखि मृगौला रोगको उपचार गरिरहेका स्वनामलाई पछिल्लो दिनमा कोभिड १९ देखापरेपरेपनि उनी त्यसबाट समेत मुक्त भैसकेका थिए । लामो समय सिकिस्त भई सामान्य अवस्थामा फर्किसकेका स्वनामको पुनः गम्भिर भई आइसियुमा उपचार भैरहेको थियो ।
स्वनामको स्वास्थ्यलाभका लागि राष्ट्रिय जीवनका २ सय भन्दा बढी प्रतिष्ठित व्यक्तिहरुले संयुक्त वक्तव्यमार्फत चासो व्यक्त गरेका थिए ।

माक्र्सिय गुरुकुल नेपालका परिकल्पनाकार तथा संस्थापक रहेका स्वनाम तत्कालीन सर्वहारावादी श्रमिक संगठन, एकता केन्द्र, एकता केन्द्र मसाल, माओवादी, एमाओवादी हुँदै पार्टी र राजनीतिको सुद्धिकरणका लागि अगुवा अभियनताका रुपमा स्थापित थिए ।

‘समाजवाद किताबमा होइन व्यवहारमा, एकमिनेट भएपनि कम्युनिष्ट बनेर हेर’ भन्दै साम्यवादी सभ्यता सम्प्रेषण गर्ने स्वनामले नागरिकता विधेयकको सम्भावित राष्ट्रघात, लिपुलेक अतिक्रमण विरुद्धको सडक आन्दोलन, एमसीसी विरुद्ध खबरदारी, अर्गानीक उत्पादन अभियान सहित दर्जनौँ आन्दोलनमा अगुवाई गरिरहेका थिए । उनको निधनले नेपालको कम्युनिष्ट आन्दोलनले एक असल गुरु गुमाएको, सामाजिक आन्दोलनले सुधारका उत्प्रेरक गुमाएको तथा आम जनता र देशले एक जुझारु राष्ट्रवादी व्यक्तित्व गुमाउनु परेको छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार २१:५७ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...