back
CTIZAN AD

पर्वत र कास्कीमा सञ्चालित घरवासको प्रवद्र्धन

वि.सं.२०७७ पुस १५ बुधवार

621 

shares

१५ पुष, गण्डकी । गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपाल गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मङ्गलबार पर्वतको मोदी गाउँपालिका–१ का लप्सीबोट सामुदायिक घरवास र भुकदेउराली नमूना गाउँ सामुदायिक घरवास एवं कास्कीको धिताल ह्याङ्जाकोट सामुदायिक घरवासको प्रवद्र्धनात्मक भ्रमण गरिएको छ ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा गत शनिबारदेखि सञ्चालित उक्त कार्यक्रमअन्तर्गत प्रवद्र्धन टोली घरवासमा पुगी सरोकारवालाबीच अन्तरक्र्रियासमेत गरेको छ ।

भुकदेउराली नमूना गाउँ सामुदायिक घरवासमा आयोजित अन्तरक्र्रियामा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले प्रकृति र संस्कृतिले सम्पन्न भुकदेउराली प्रवद्र्धनको पर्खाइमा रहेको बताइन् । भुकदेउरालीलगायत आसपासका पर्यटकीय गन्तव्यको विकासलाई आफूले प्राथमिकतामा राखेको उनीले बताइन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले सुन्दर गाउँहरूको पर्यटकीय विकासका लागि सरकारको चासो पुग्नुपर्ने बताए । गाउँका सुन्दर संरचना जोगाउँदै बाटोघाटोलगायतका पूर्वाधार विकास गर्नुपर्ने उनले बताए ।

भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले भुकदेउरालीलगायतका स्थानको धेरै पर्यटकीय सम्भावना रहेको बताउँदै यिनीहरूको प्रवद्र्धनलाई भिटोफले प्राथमिकतामा राखेको बताए ।

भुकदेउराली सामुदायिक घरवासका अध्यक्ष टेकबहादुर गुरुङले गाउँमा पूर्वाधार विकासका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीयले जागरुकता देखाएको बताउँदै राज्यले पूर्वाधार तथा विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले सुन्दर गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै पर्यटकीय विकास गर्ने कुरामा आफूहरू सक्रिय बनेको बताए ।

कार्यक्रममा घरवासका सचिव अन्तिम गुरुङ, टोल सुधार समितिका अध्यक्ष रामबहादुर गुरुङ, मोदी गाउँपालिका–१ का कार्यवाहक अध्यक्ष भुलबहादुर पौडेल, पर्यटन व्यवसायी उदय सुवेदीलगायतले सुन्दर गाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।

भ्रमण टोलीले मङ्गलबार अन्नपूर्ण गाउँपालिका–७ मा सञ्चालित काल्सी इको लज पुगी त्यहाँका सञ्चालक चित्रबहादुर गुरुङसँग पनि अन्तक्र्रिया गरेको छ ।

शनिबारदेखि पोखराबाट प्रवद्र्धनात्मक भ्रमणमा निस्केको टोलीले बागलुङको ढोरपाटनसम्म पुगी कास्की, पर्वत तथा बागलुङका विभिन्न घरवास एवं पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको भिटोफ नेपाल गण्डकीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिए ।
रासस

वि.सं.२०७७ पुस १५ बुधवार ११:२९ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...