back
CTIZAN AD

गाउँपालिकाद्वारा तिलमान र युवा पिक आरोहीलाई सम्मान

वि.सं.२०७७ पुस १५ बुधवार

687 

shares

१५ पुष, सिन्धुपाल्चोक । पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पूरा गरी फर्किएको अध्ययन टोलीलाई गाउँपालिकाले मङ्गलबार सम्मान गरेको छ । मङ्सिर २६ गते शुक्रबार १२ः२६ बजे टोलीले सफलतापूर्वक युवा पिक आरोहण गरेको थियोे ।

सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ सदस्यीय आरोहण दल र दुई माउन्टेन गाइडले पाँच हजार ३०० मिटरको पाँचपोखरी तिलमान पास पिक र पाँच हजार ५५६ मिटरको युवा पिकको पहिलोपटक सफलताका साथ यात्रा पूरा गरेको हो । मौसमले पूर्णरूपमा साथ दिएको र समूहका सबै सदस्यले यात्रा पूरा गरेको अध्ययन टोलीका संयोजक गुरुङले जानकारी दिए ।

गुरुङको नेतृत्वमा आरोही कान्छीमाया स्याङ्बो तामाङ र दावा शेर्पा साथमा युवानेता सोमर बोम्जन, मिलन तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का अध्यक्ष ङिमाछिरिङ तामाङसहित आठ जनाको टोलीले यात्रा पूरा गरेको हो ।

यात्रा साहसिक र उपलब्धिमूलक भएको भ्रमण संयोजक माया गुरुङले बताइन् । कतिपय ठाउँमा बाटो भुलिएर समस्या भए पनि बाटो बनाउन सकेमा तिलमान पास सबैले आरोहण गर्न सक्ने बताए ।

वडा नं ३ का अध्यक्ष ङिमाछिरिङ तामाङले काठमाडौँबाट नजिकै भएर पनि पर्यटन प्रवद्र्धनका हिसाबले पछि परेको भन्दै तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका लागि सहज बनाउन गाउँपालिकाले छिट्टै काम अगाडि बढाउने बताए ।

पर्यटन प्रवद्र्धन तथा स्थानीय तहको विकासको पहिचानलाई आधार गन्तव्य पहिल्याउँदै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले तिलमान पास पाँचपोखरी पिक र युवा पिक हिमाल आरोहणका निम्ति टोलीलाई मङ्सिर १९ गते बिदाइ गरेको थियो ।

यो अध्ययन भ्रमणले पाँचपोखरीलाई धार्मिक तथा सांस्कृतिक रूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष टासी लामाको भनाइ छ ।

काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको तिलमान पास गन्तव्य पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगै जुगल गाउँपालिका र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको छ । पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको सफलतापूर्वक आरोहणले यसलाई साहसिक पदमार्गका लागि महत्वपूर्ण मानिएको छ ।
रासस

वि.सं.२०७७ पुस १५ बुधवार ११:४७ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...