back
CTIZAN AD

‘ओलीको कदम, छोरा झगडालु भयो भनेर नागरिकता बनाइदिन्न भन्नुजस्तै हो’

वि.सं.२०७७ पुस १६ बिहीवार

579 

shares

नेकपाका बुद्धिजीवी प्रेम रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम छोरा झगडालु भयो भनेर नागरिकता दिन्न भन्नु जस्तो भएको भन्ने टिप्पणी गरेका छन् ।

रिमालले ताजा जनमतका लागि जनतामा जाने भनेर हल्ला गर्नुको कुनै अर्थ नरहेको भन्दै ६४ प्रतिशत सांसद हुँदाहुँदै चुनावमा जाने कुरा कसरी जनमतप्रतिको विश्वास हुन्छ ? भन्ने प्रश्न समेत गरेका छन् ।

‘जुन जनताले ६४ प्रतिशत दियो अनि कुन जनतासँग जाने हो अब आधा उमेर बाँकी हुँदै ? आफ्नो पार्टीको सरकार छ ।’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

‘ताजा जनमतका लागि जनतामा जाने भनेर हल्ला गर्नुको कुनै अर्थ छैन ।
६४ प्रतिशत सांसद हुँदाहुँदै चुनावमा जाने कुरा कसरी जनमतप्रतिको विश्वास हुन्छ ? जुन जनताले ६४ प्रतिशत दियो अनि कुन जनतासँग जाने हो अब आधा उमेर बाँकी हुँदै ? आफ्नो पार्टीको सरकार छ ।

पार्टीले सहयोग गरेन भन्ने कुराको हल्ला छ ! के संसदले नीति तथा कार्यक्रम फेल गरायो ? के बजेट फेल गरायो ? राम्रा कामहरू गर्न कहिल्यै रोकेको छ र ? आफूसँग ६४ प्रतिशत सांसद हुँदाहुँदै अध्यादेशको मात्र सहारा खोज्ने काम किन हुन्छ ? पार्टीले राम्रो गर्न खोज्दा सरकारलाई असहयोग गर्छ भने त्यो गलत हो तर पार्टीले असहयोग नै गरेको भए पनि संसद विघटन गर्न मिल्दैन । छोरो झगडालू भयो भनेर नागरिकता बनाइदिन्न भन्न दिन्छ कानुनले ? केपीको कदम यही हो ।

केपी ओली प्रधानमन्त्री नभए केपी ओलीकै पार्टीको अर्काे नेताको नेतृत्वमा सरकार बन्न सक्छ । पार्टी नै विभाजन भएपनि संसदमा भएका दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार बन्ने संभावना जिवितै छ । मिलिजुली सरकार पनि बन्न नसके संसदमा रहेका दलहरूमध्येको ठूलो दलको नेता प्रधानमन्त्री बन्ने संभावना छँदै थियो । त्यो पनि नभए केपी ओलीले म नै विश्वास लिन्छु भनेर ७६.४ को प्रधानमन्त्री बने हुन्थ्यो । समयमै विश्वास लिन नसके त त्यो प्रधानमन्त्रीले संसद विघटन गरेको भए त कसैको विरोधको पनि अर्थ रहन्थेन । चुनावमा जान सबै तयार हुनै पथ्र्याे त !

संविधान र कानुनको व्यवस्था सबैले मान्नै पर्छ । कि संविधान र कानुनलाई विधिपूर्वक परिवर्तन गरेर चल्न मिल्छ नत्र मिल्दैन । कानुनले व्यवस्था गरेको भन्दा कम उमेरकी कन्यालाई विवाह गर्नेले दुलहीलाई जतिसुकै माया गरोस्, अदालतमा मुद्दा गयो भने दण्डित हुँदैन दुलाहा ? कि केटी खुशी छन् भनेर छुट हुन्छ ? हो अहिलेको संसद विघटन र निर्वाचनको घोषणा त्यही बालविवाह जस्तै हो ।

हिजो हजुरबाले ७ वर्षकी कन्यासँग विहे गरेका थिए भनेर आज त्यसो गर्न पाइन्छ ? ०७२ को संविधान बोकेर ०४७ को व्यवस्थालाई नजिर बनाउनेहरूलाई लाज लाग्न पर्दैन ? केपी ओली नेतृत्वको सरकारले गरेका विकास निर्माणका काम देखाएर असंवैधानिक कदमको समर्थन गर्नु भनेको राम्रा लुगाकपडा, गरगहना र राम्रो गाडी किन्दिएको छ, सिहदरवार जत्रै घर बनाइदिएको छ भन्दै बालविवाहलाई कानुनसम्मत देखाउन खोजेजस्तै हो । केपी ओलीको समर्थन गर्न पाइन्छ गर्दा हुन्छ तर ओलीको संसद विघटन गर्ने असंवैधानिक कामको विरोध नगर्नु पनि भ्रष्टाचार नै हो भन्ने बुझौं ।’

वि.सं.२०७७ पुस १६ बिहीवार १४:३५ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...