back
CTIZAN AD

कर्णालीमा ओलीलाई धक्का, दुई मन्त्री र एक सांसद लागे प्रचण्ड–नेपाल समुह तिर

वि.सं.२०७७ पुस १९ आइतवार

828 

shares

पुस १९, काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको समुहलाई परित्याग गरेका छन् । प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकायले ओली समुह छाडेका हुन् ।

कर्णाली प्रदेशमा रावल र बुढा ओली पक्षबाट मन्त्री बनेका थिए ।

४१ सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३ सदस्य सांसद थिए । जसमा तीन जना थपिएसँगै प्रचण्ड–नेपाल समुहसँग २२ सदस्य पुगेका छन् । ओली पक्षमा हालसम्म सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य छन् ।

पछिल्लो समीकरणसँगै प्रदेशसभामा महेन्द्रबहादुर शाही सरकार बहुमतसहित सुरक्षित देखिएको छ ।

यसअघि गत असोज २५ मा महेन्द्रबहादुर शाहीविरुद्व ओली पक्षीय नेता यामलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । पार्टी एकिकृत अवस्थामै रहेको बेला १८ सांसदले हस्ताक्षर गर्दै शाहीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

उक्त समय साबिक माओवादीका तर्फका ४ सांसदमा पनि ओली पक्षमा देखिएका थिए । जुन पछिल्लो विभाजनसँगै भने धुव्रिकृत बनेको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १६:३६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...