back
CTIZAN AD

राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प छैन – खानेपानीमन्त्री थापा

वि.सं.२०७७ पुस २१ मंगलवार

747 

shares

२१ पुष, कर्णाली । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताएका छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताए ।

उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी भएको जिकिर गर्दै भने, “कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्, राजनीतिशास्त्रको सिद्धान्तले पनि सरकार वा प्रणाली सङ्कटमा प¥यो भने चुनावमै जाने हो”, उनले भने, “त्यसैले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम मान्न सकिन्न, ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगामी कदम हो ।”

नेकपा स्थायी कमिटी सदस्य थापाले नेकपा गम्भीर सङ्कटमा फसे पनि विभाजन भइनसकेको बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा देखिएको सङ्कट समाधान हुने सम्भावना कायमै रहेको धारणा राखे । नेकपा कर्णाली प्रदेश संयोजन गर्ने जिम्मेवारी पाएका खानेपानीमन्त्री थापाले औपचारिक रुपले पार्टी विभाजन नभइसकेकाले नेता/कार्यकर्ताको व्यवस्थापन हुन बाँकी रहेको बताए । प्रदेश सरकार फेरबदलबारेमा कुनै प्रकारको छलफल नभएको बताउँदै उनले भने, “अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन ।”

वि.सं.२०७७ पुस २१ मंगलवार १४:२२ मा प्रकाशित

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...