back
CTIZAN AD

रियल म्याड्रिड टोरेसलाई अनुबन्ध गर्ने प्रयासमा

वि.सं.२०७७ पुस २२ बुधवार

741 

shares

२२ पुस, एजेन्सी । रियल म्याड्रिडले भिल्लारियलका स्पेनिस डिफेन्डर पाउ टोरेसलाई समर ट्यान्सफरमा अनुबन्ध गर्न चासो देखाएको छ । रियलका कप्तान सर्जियो रामोसको सम्झौता सकिन लागेको र उनले आफ्नो सम्झौता नविकरण नगरेका ले भविष्य र हालको विकल्पका लागि टोरेसलाई अनुबन्ध गर्न चासो देखाएको हो ।

टोरेसले पछिल्लो समय आफ्नो देश र क्लबका लागि उच्च स्थरको प्रदर्शन गर्दै आएका  छन । २३ वर्षिय टोरेसलाई रियलले भविष्यमा डिफेन्सिभ लाइन समाल्नसक्ने राम्रो क्षेमता रहेका कारण अनुवन्ध गर्न चाहेको हो । तर, उनको उच्च मार्केट भ्याल्यु रहेकाले रियल भिल्लारियलसँग छलफलमा रहेको बताईएको छ ।

उनको मार्केट भ्याल्यु ५० मिलियन युरो रहेको छ । रियल र भिल्लारियलको राम्रो सम्बन्ध रहेका कारण पनि टोरेस रियलमा अनुबन्धहुने सम्भावना बढी छ ।

उनलाई आफ्नो क्लबमा अनुबन्ध गर्न इंग्लिस क्लब आर्सनलले पनि चासो देखाएको छ । तर, टोरेस रियलसँग आबद्ध हुने सम्भावन बढी रहेको फिटबल विस्लेषकहरुको भनाई छ । रामोसको अनुपस्थितीमा डिफेन्समा समश्या खेप्दै आएको रियले पछिल्लो समय वार्यन म्यूनिखका डेभिड अलावालाई पनि क्लबमा अनुवन्ध गर्ने समाचार आएको छ ।

३० बर्षभन्दा माथिको खेलाडीको सम्झौता एक वर्षको लागि मात्र थप्दै आएको रियलले रामोसको सम्झौता पनि एक वर्षको लागि थप्न चाहेको छ भने अझैसम्म सम्झौता भने हुन सकेको छैन ।

वि.सं.२०७७ पुस २२ बुधवार १३:३२ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...